काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामका लागि विद्युत् अवरुद्ध हुने जनाएको छ ।
यी विभिन्न स्थानमा आईतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी फिडरको विद्युतीय तार भूमिगत गरिने जनाइएको छ ।
जसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलंकी क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र फिकल चोकदेखि बाबा चोकसम्म भिन्दाभिन्दै दिनमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।