गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कुटेपछि कर्मचारी आन्दोलित

गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कुटेपछि कर्मचारी आन्दोलित

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महताराको छोराले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाललाई कुटपिट गरेपछि त्यहाँका कर्मचारी आन्दोलित भएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत रिजालमाथि पालिका अध्यक्ष महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका थिए । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रहेका अध्यक्ष महताराको छोरा मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दीपक जिसीलगायतलाई हातपात गरेसँगै कर्मचारीहरू आन्दोलित भएका छन् ।

प्रक्रिया नपुगेको फाइल एमसीले जबरजस्ती सदर गराउन खोजेपछि विवाद उत्पन्न भएको थियो । विवादका क्रममा एमसीको समूहले हातपात गरेको कर्मचारीहरूले बताएका छन् । आन्दोलित कर्मचारीहरूले कर्मचारीमाथि हातपात गरी तथानाम गाली बेइज्जतीसमेत गरेको बताएका छन् । 

अनुचित कामको दबाब दिँदै कार्यकक्षमै कर्मचारीमाथि हातपात भएको भन्दै पीडकलाई कारबाही नभएसम्म काममा नफर्कने कर्मचारीले संयुक्त विज्ञप्ति जारी गरी बताएका छन् । 

बुधबार दिउँसो पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।

सबै कर्मचारीहरू भेला भएको अवस्थामा समेत एमसीले टेबलमा पैसा फ्याँक्दै अश्लील गाली गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्तिः

pyuthan-jhimruk-aandolan (1)1686200794.jpg

pyuthan-jhimruk-aandolan (2)1686200793.jpg