काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्र, सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा परिषद् तथा विज्ञापन बोर्ड लगायत निकायका उपसचिवको सरुवा भएको छ ।
सरुवा सूचीअनुसार सिनियर डिभिजनल इन्जिनीयरद्वय स्मिता शर्मा र राजकाजी श्रेष्ठलाई क्रमशः शहरी विकास मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।
उपसचिव यज्ञबहादुर बुढालाई निर्वाचन आयोग, रामेश्वर अर्याललाई गण्डकी प्रदेश प्रमुखको कार्यालय, सविता कार्कीलाई संस्कृति, पर्यटन मन्त्रालय, रत्नमणि भट्टराईलाई प्रधानमन्त्री कार्यालय, माधवराज मरासिनीलाई राष्ट्रिय महिला आयोग, गीता गुरुङलाई उपराष्ट्रपतिको कार्यालय, बलराम ढकाललाई विज्ञापन बोर्ड, निसान राज गौतमलाई गृह मन्त्रालय, रमेश प्रसाद मैनालीलाई शिक्षा मन्त्रालय, नीता शर्मालाई राष्ट्रिय युवा परिषद्, मेघराज पन्तलाई कृषि मन्त्रालयमा सरुवा गरिएको छ ।
सिनियर डिभिजनल इन्जिनीयर रामचन्द्र पौडेललाई खानेपानी मन्त्रालय, सुजन जोजेजुलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ ।