काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको सुन ब्रेक सुसहित जोख्दा पुग्यो १५५ किलो पुगेकाे छ ।
बबरमहलस्थित राष्ट्र बैंककाे टक्सार विभागले बिहीबार सुन जाेखेकाे हाे। कडा सुरक्षाकाबीच राजश्व अनुसन्धान विभागको टोलीले विभागमा सुन जाेख्नका लागि लगेकाे थियाे ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको स्कुटरका ब्रेक सुकोसहित जाेख्दा १५५ किलाे पुगेकाे छ ।
ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।
बरामद भएको सुनको यकिन तौल पत्ता लगाउन राजश्व अनुसन्धान विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हाे ।
हाल निस्किएको तौल ब्रेक सुहितको रहेकोले अब त्यहाँबाट निकालेर सुनको मात्रै तौल लिने तयारी भइरहेको छ ।
अवैध रूपमा सुन तस्करी भइरहेको छ भन्ने पूर्वसूचनाको आधारमा राजस्व अनुसन्धान विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो ।
विभागका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो ।
सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरू अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो ।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।
विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ७ जनालाई पक्राउ गरिसकेको छ।