काठमाडौं । पछिल्लो समय हाम्रो दैनिकी निकै नै व्यस्त हुदैँ गइरहेको छ । हरेक नेपाली कुनै न कुनै रोगबाट ग्रसित छन् । यसको मुख्य कारण भनेकै हाम्रो जिवनशैली हो ।
भनिन्छ, स्वास्थ्य नै धन हो । निरोगी मानिसले दैनिक जीवनमा आउने नियमित काम गर्न सक्छ । शरीर रोगी भयो भने मानिसले चिताएको काम गर्न सक्दैन् । त्यसैले हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्न आवश्यक छ ।
पछिल्लो समय मानिसहरुलाई बिभिन्न थरीका रोगले आक्रमण गरीरहेको अवस्था छ । हाम्रो जिवनलाई सहज र सरल बनाउनको लागि खानपानमा बिशेष ध्यान दिनुपर्छ ।
अहिले धेरै नेपालीमा देखिएको रोग हो यूरीक एसिड । यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ ।
त्यसैले हाम्रो शरीरको निम्ति यूरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण गर्नु अनिवार्य हुन्छ भन्ने जान्नु निकै आवश्यक छ ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र यूरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले यूरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । सुरु–सुरुमा यूरिक एसिड बढ्नुको कुनै लक्षण देखिदैन । कयौँ मानिसलाई त यसको लक्षण र यसलाई पहिचान गर्ने तरीका पनि थाहा हुँदैन ।
यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुन्छ । त्यसबाहेक, मिर्गौलाको समस्या तथा पिसाब फेर्नमा कठिनाई हुने गर्छ । यसबाट बच्चनको लागि हामीले के–कस्ता कुरामा ख्याल गर्नुपर्छ ? कसरी हुन्छ यूरिक एसिड ? यूरिक एसिड के कारणले बढ्छ लगाएतका बिषयमा केन्द्रित रहेर केहि समय अघि प्रदेश अस्पताल सुर्खेतमा सेवा दिएर हाल कर्णाली ट्रमा केयरमा कार्यरत हाडर्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भगत सिंह धमलासंग व्यवस्था डटकमका लागि भावना हमालले गरेको कुराकानीको सम्पादित अंश :
के हो युरिक एसिड ?
युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ ।
तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ ।
यस्तै थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ ।
मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता अपनाउन पर्छ ।
मानिषमा कसरी हुन्छ युरिक एसिड ?
युरिक एसिड सामान्यतः रगतमा घुलेर बसेको हुन्छ । त्यो युरिक एसिड सामान्यभन्दा बढी भयो भने त्यसले शरीरलाई हानी पुर्याउने र विभिन्न समस्या उत्पन्न हुने गर्छ ।
मानिषमा युरिक एसिड बढी भयो भने जोर्नीमा समस्या हुने खुट्टाको बुढी औंलामा असर गर्ने गर्छ । धेरैजसो युरिक एसिडले खुट्टाको बुढी औंलामा असर गर्छ ।
बुढी औंलामा गएर क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ । यो क्रम बढ्दै जान्छ । कसैलाई महिनामा एक पटक कसैलाई हप्तामा एक पटक धेरै पीडा हुन्छ ।
पछिल्लो समय धेरैजसो मानिषलाई रगतमा युरिक एसिडको तह बढे पनि कुनै पनि किसिमको लक्षण देखा परेको हुदैन् । सबैभन्दा पहिला युरिक एसिडको पहिचान गर्नु पर्ने हुन्छ । जहाँ दुखे पनि युरिक एसिड, मांसपेशी दुखे पनि युरिक एसिड, हातको जोर्नी दुखे पनि युरिक एसिड, घुडा दुखे पनि युरिक एसिड भन्ने चलन छ ।
यसको उपचार गराउनुभन्दा पहिला युरिक एसिडले गराउने बाथ गाउड हो की होइन छुट्टाउन जरूरी छ । त्यो छुट्टिएपछि युरिक एसिडको उपचार कसरी गर्ने भन्ने छुट्टयाउन सकिन्छ ।
युरिक एसिड धेरैजसो पुरूषहरूलाई हुन्छ । पुरूषहरूलाई हुने युरिक एसिड ४० देखि ४५ को उमेरमा हुन्छ । त्यसो भन्दैमा ५०–६० को उमेरमा देखिँदैन भन्ने होइन् । महिलाहरूलाई महिनावारी बन्द हुने समय र बन्द भएपछि देखिन सक्छ । यो वंशाणुगत पनि हुन्छ ।
यूरिक एसिड कम हुदाँ देखिने लक्षण ?
- शरीरमा यूरिक एसिड कम हुँदा हड्डीहरुमा दुखाई, हड्डी सुन्निने र दुख्ने जस्ता समस्या हुन सक्छन् ।
- कतिपय मानिसमा भोक कम लाग्ने र बोल्न र निल्न पनि समस्या हुने गर्छ । यो शरीरमा यूरिक एसिड कम हुँदा देखिन लक्षणमध्ये एक हो ।
- शरीरमा यूरिक एसिड कम हुँदा मानिसमा डिप्रेशन, तनाव र शरीरमा दुखाई जस्ता लक्षण पनि देखिन्छन् ।
- शरीरमा यूरिक एसिड कम हुँदा थकान, कमजोरी, कम्पन र हिँड्डुल गर्न समस्या पनि हुन सक्छ ।
- यूरिक एसिड कम हुँदा डिहाइड्रेशनको समस्या आउन सक्छ । शरीर लगातार डिहाइड्रेट हुन्छ भने लो यूरिक एसिडको लक्षण हो ।
- शरीरमा यूरिक एसिडको स्तर धेरै नै कम भइरहेमा मिर्गौलामा पत्थरी पर्ने जस्ता समस्या पनि हुन्छन् । त्यस्तै हातखुट्टा सुन्निने, मिर्गौलासँग जोडिएका समस्या हुन सक्छन् ।
यूरिक एसिड बढ्नुका कारण ?
युरिक एसिड बढ्ने प्रमुख कारण भनेको शरीरमा एसिडको मात्रा बढाउने तत्वहरुको प्रभाव हो । त्यस्तै खानपान तथा जीवनशैलीको बदलाव पनि यूरिक एसिड बढ्नुको मुख्य कारण हो । भने बिनाकारण पनि बढ्न सक्छ युरिक एसिड ।
यूरिक एसिड बढाउनमा मधुमेह रोगीले सेवन गर्ने औषधी पनि एउटा कारण बन्न सक्छ । रातो मासु, सी फूड, दाल, राजमा, च्याउ, टमाटर, बन्दा, मटर, पनिर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।
खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ । जर्बजस्तीको एक्सरसाइज, उपवास वा तिव्ररुपमा तौल घटाउने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।
उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।
यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।
युरिक एसिडबाट कसरी बच्ने ?
युरिक एसिडबाट बच्न सबैभन्दा पहिला तौल घटाउनुका साथै व्यायाम गर्नुपर्छ अनि पानीको मात्रा बढाउन पर्छ । युरिक एसिडमा खान नहुने जाँड, रक्सी र कोल्ड ड्रिङ्स हो । त्यसमा पनि बियर खानै हुँदैन । यस्तै रातो मासु खान हुँदैन् ।
युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।
दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नु हुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ ।
युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।
युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।
युरिक एसिड कम गर्ने तरिका
युरिक एसिड रगतमा सँधै हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । युरिक एसिडको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मृगौलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ ।
त्यसैले युरिक एसिडको रक्तस्तर न्यून राख्ने प्रयत्न अपनाउनु पर्ने हुन्छ । त्यसो भएका खण्डमा युरिक एसिड छालामा केन्द्रीत भएर रहने, जोर्नी तथा अरु तन्तुहरुमा युरिक एसिडका मणिहरु थिग्रेर गर्ने खराबी र पीडा तथा मृगौलाका फिल्टरहरुलाई नष्ट गर्न सक्ने अवस्थाबाट शरीरलाई बचाउन सकिन्छ ।
डाक्टरको परिचय
सानै देखि सेवा गर्ने रुचि र हुटहुटी लिएर हिडेका कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरीगंगा नगरपालिका ११ मा जन्मीएका डाक्टर भगत सिंह धमला, हाडर्जोनी तथा नसा रोग विशेषज्ञ हुन् ।
३ कक्षासम्म गाँउकै स्कुलमा अध्ययन गरि माध्यामिक शिक्षा नेपालकै उत्कृट मानिने बुढानिलकण्ठ स्कुलबाट सकाएर तत्कालिन मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका १६ जिल्लाहरुबाट एक नम्बरमा नाम निकाली पूर्ण छात्रवृत्तिमा बुडानिलकण्डमा २०५५ सालमा माध्यमिक शिक्षा सकाएका डाक्टर धमला MBBS पुर्ण छात्रवृत्तिमा बिराटनगर नोवेल मेडिकल कलेजबाट सकाएर हुन् ।
यस्तै उनले पुर्ण छात्रवृत्तिमै धरानमा नाम निकालेर MD पछि प्रदेश अस्पताल सुर्खेतमा दुई बर्ष सेवा गरेर फेरि अमेरीकाबाट फेलोसिक गरेका हुन् । अहिले उनी कर्णाली ट्रमा केयरमा कार्यरत छन् ।
अमेरीकारमा पनि सेवा दिएका डाक्टर धमला आफ्नै जन्मभूमिमा कर्म गर्ने चाहानाका साथ अहिले कर्णालीमा सेवा दिइरहेका छन् । उनी भन्छन्, यहि ठाउँमा हुर्किए, बाल्यकालको शिलशिला यहि ठाउँबाट सुरु भयो । जनताको माया छ । मेरो आमाबुबा यतै हुनुहुन्छ त्यसकारण यहाँ सेवा गर्ने भावना जागेको हो ।
आफ्नै ठाउँमा काम गर्न छुट्टै खालको सन्तुष्टी प्राप्त हने डाक्टर धमलाको भनाइ छ । सायद अमेरीकामा एक करोड दिए पनि यहाँ जुन सन्तुष्टी पाउँन्छु त्यता नपाउने धमला बताउँछन् ।