काठमाडौं । नेपाल प्रहरीले आफ्ना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय महाराजगंजले बिहीबार १२१ जना लेखापालहरूको सरुवा गरेको हो ।
१२१ जना लेखापालको सरुवा निकालिएको प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले जानकारी दिए । उनले सई १०० जना र असई २१ जनाको सरुवा निक्लिएको बताए ।
जसअनुसार प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय, सबै विभागहरू, सबै निर्देशनालयहरू, सबै व्यूरोहरू, महाशाखाहरू, शाखा लगायत रहेका छन् ।
त्यस्तै प्रहरी अस्पताल महाराजगंज, प्रहरी शिक्षालय भरतपुर चितवन, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरूमा सरुवा गरिएको छ ।
प्रहरी उपरिक्षक अर्जुनप्रसाद तिमिल्सिनाले कार्यअवधी सकिएका लेखा अधिकृत तथा लेखापालहरूलाई बुझ बुझारथ पश्चात् सम्बन्धित दरबन्दीमा यथासिघ्र रवाना गरिपठाउन समेत निर्देशन दिइएको उल्लेख गरेका छन् ।
लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका तत्कालीन आईजीपी धीरजप्रताप सिंहले २०७९ असारमा लेखापालको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए ।
तर अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले फेरि ६ वर्षमै झारेका हुन् । तालिम लिएर पनि लेखापाल बन्न नपाएकाहरूलाई पनि मौका दिनका लागि समय घटाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ ।
हेर्नूहोस् को कहाँ ?