काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिकासहित विभिन्न ६ स्थानीय तहमा शनिबार बिहानदेखि ११ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार म्याग्दी वितरण केन्द्रको सिंग्मा तातोपानी फिडर, बेनी फिडर, रत्नेचौर फिडर र दाना फिडर अन्तर्गतका क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
विद्युत् मर्मत गर्नका लागि विद्युत् ‘सटडाउन’ राख्नुपर्ने भएकाले ११ घण्टासम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
बेनी फिडरअन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर २, ७ र ८, जलजला गाउँपालिकाका–२ र ३ मा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
रत्नेचौर फिडरअन्तर्गत बेनी नगरपालिका–१ र २, जलजला गाउँपालिका–७ र ८ मा विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
दाना फिडरअन्तर्गत रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका–९ र १० तथा जलजल गाउँपालिका–१, २, ३ र ४ का क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।