प्रदेश सरकारले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री कार्की

सुनसरी । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  प्रदेश र मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको धारणा राखेका छन् ।

इटहरीमा आज आयोजित जेसिसको साताव्यापी कार्यक्रमको समापनका अवसरमा उनले प्राकृतिक विविधताको धनी मुलुकमा मुलुकले पर्यटनमा लगानी गरेर तत्काल मुलुकलाइ समृद्ध बनाउन सकिने बताए ।

उनले भने, “कृषि क्षेत्रको विकासले खाद्यान्नमा आत्मनिर्भर बनाउँछ भने पर्यटन क्षेत्रको विकासले समग्र मुलुकको विकासमा सहयोग गर्छ ।”

प्रदेश सरकारले एक दशकमा एक हजार पाँच सय किलोमिटर बाटो, ९० वटा झोलुङ्गे पुल र एक सयभन्दा बढी पक्की पुल निर्माण गरेको बताए ।