काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि सोमबार प्रधानमन्त्री किसान कोषको १७औं किस्ता जारी गर्दै नयाँ कार्यकालको सुरुवात गरेका छन् ।
योजनाले ९.३ करोड किसानलाई लाभान्वित गर्ने र लगभग २० हजार करोड भारतीय रूपैयाँ किसानलाई वितरण गर्नेछ ।
‘हाम्रो सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध भएकाले कार्यभार सम्हालेपछि हस्ताक्षर गरिएको पहिलो फाइल किसान कल्याणसँग सम्बन्धित रहेको र आउँदो समयमा कृषि क्षेत्रका लागि अझ बढी काम गर्नेछौं,’ प्रधानमन्त्रीको कार्यालय प्रवेश र फाइलमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्रीका अघिल्ला २ कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इन्डियाजस्ता धेरै प्रमुख पहलहरू भएका छन् ।
नरेन्द्र मोदीले आईतबार राष्ट्रपति भवनमा भव्य समारोहबीच तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । समारोहमा राष्ट्रपति द्रौपदी मूर्मुबाट प्रधानमन्त्री, ३० पूर्णमन्त्री र ४१ राज्य मन्त्रीसहित कूल ७१ जनालाई पद तथा गोपनियताको शपथ लिएका थिए ।
छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका धेरै नेताहरू र राज्य प्रमुखहरूलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा विशिष्ट पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो । सहभागीतालाई भारतको ‘छिमेकी पहिले’ नीतिको एक हिस्साका रूपमा व्याख्या गरिएको छ ।