काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ । बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो ।
बोर्डले मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपिएसए सेक्युरिटिज लि, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिजलाई अनुमति दिएको हो ।
त्यस्तै, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजले पनि ब्रोकर सञ्चालनको लाइसेन्स पाएको बोर्डले जनाएको छ । यसअघि बोर्डले सातवटा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
पहिलो चरणमा लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयरप्रो सेक्युरिटीज र प्रापर्टी विजार्ड रहेका छन् ।