काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयले आज सूचना जारी गरी केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७० र १६६८१/०८०–८१ (खुला तथा समावेशी), न्याय सेवा, सरकारी वकिल समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हो ।
In Basket Exercise र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा सो प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत खरखास्त रद्द हुने आयोगले जनाएको छ ।
यसैबीच, लोक सेवा आयोगले न्याय, कानून सेवा तर्फको उपसचिव पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६९ र १६६८०/०८०–८१ (खुला तथा समावेशी), न्याय सेवा, कानून समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।