काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयले आज सूचना जारी गरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७२, १६६८२–१६६८५/०८०–८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हो ।
आयोगले प्रशासन र सामान्य प्रशासन सेवातर्फ गत माघ ११ र र १६ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुस् नतिजा :