दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौं सफलता

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौं सफलता

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपालले पाँचौं सफलता पाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका छन् ।

अठारौं ओभरमा उनले डेभिड मिलरलाई आउट गराए । यसअघि ऐरीले रिजा हेन्डरिक्सलाई ४३ रनमा आउट गराएका थिए । 

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार बिहान नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने भएका छन् ।