काठमाडौं । दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्लीका मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबूक, यूट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कथित उल्लंघनका लागि कारबाही माग गरेको निवेदनमा नोटिस जारी गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ मा पुलिस हिरासतमा दिल्ली राउज एभिन्यू अदालतमा पेश गर्दा अदालतको भिडियो कन्फरेन्सिङ नियम कथित उल्लंघनको आरोपमा कारवाही माग गरिएको थियो ।
यस सम्बन्धमा उच्च अदालतले सामाजिक सञ्जालर्महरू अर्थात् एक्स (पहिले ट्वीटर), मेटा (पहिले फेसबूक), इन्स्टाग्राम र यूट्युबलाई अडियो/भिडियो रेकर्डिङ तत्काल हटाउन निर्देशन दिएको छ ।
न्यायाधीशद्वय नीना वंशल र अमित शर्माको इजलासले जुलाई ९ मा मुद्दाको सुनुवाइ गर्दै भनेको छ, ‘प्रथम दृष्टिमा अदालतको कार्यवाही रेकर्डिङ दिल्ली उच्च न्यायालय भिडियो कन्फरेन्सिङ्ग नियम, २०२१ र ३ को नियम ३ (छ) को उल्लंघन हो ।’
सामाजिक सञ्जाल एक्स, मेटा, इन्स्टाग्राम र यूट्युब नामक सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तिनीहरूको सम्बन्धित प्लेटफर्मबाट अडियो/भिडियो रेकर्डिङ तुरुन्तै हटाउन निर्देशन दिइएको छ ।
अदालतले वकिल वैभव सिंहले दायर गरेको निवेदनको सुनुवाइ गरिरहेको थियो । निवेदनमा पुलिस हिरासतमा रहेको बेला दिल्लीका मुख्यमन्त्री केजरीवालको मार्च २८ मा राउज एभिन्यू अदालतमा उपस्थित हुँदा अदालतको भिडियो कन्फरेन्सिङ नियमहरूको उल्लंघन गरेको आरोप लगाइएको थियो ।
याचिकामा केजरीवाल र अन्यले दिल्लीका मुख्यमन्त्रीलाई ट्रायल कोर्टमा पेश गर्दा अवैध रूपमा ट्रायल कोर्टको कार्यवाही रेकर्ड गरेको आरोप लगाइएको छ ।