काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार गाजर र काउलीको मूल्य स्थिर छ।
शनिबार गाजर प्रतिकेजी १२० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ। शुक्रबार प्रतिकेजी ८० रुपैयाँमा किनबेच भएको काउली शनिबार पनि सोही मूल्यमा विक्रि भइरहेको छ।
त्यस्तै, लोकल सानो गोलभेँडाको प्रतिकेजी मूल्य ४० रुपैयाँ, ठूलो गोलभेँडाको ८० रुपैयाँ रहेको छ ।
यस्तै, रातो आलु प्रतिकेजी ५० रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ रहेको छ।
त्यसैगरी भारतीय सुकेको प्याज ५० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ, घिउ सिमी लोकल ४०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमास कोशा ७०, तितो करेला ५०, लौका ६० ,परवल ५०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १७०, डल्ले च्याउ २३०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँमा कारोबार रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जनको १५० रुपैयाँ, फूजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, कागती १५० रुपैयाँ, अनारको मूल्य ४०० रुपैयाँ, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ।