'साठीको दशकमा बैंकको जागिर खान मन थियो, गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सचिव लक्ष्मी बस्नेतलाई । उनी बैंकमाथि लेखिएका किताब पढ्न पनि रुचाउँथिन् । बैंकर जीवनशैलीप्रति मोह नै थियो उनलाई । तर उनका बुवा (पूर्णबहादुर बस्नेत)ले छोरी निजामती सेवामा जागिरे भएको देख्न चाहन्थे ।
जब-जब लोक सेवा आयोगले निजामती सेवाका लागि कर्मचारी माग गर्थ्यो तब-तब लक्ष्मीका बुवाले कर्मचारी फाराम लिएर दिन्थे । किताब लिएर दिन्थे । सचिव बस्नेतका बुवाले लोकसेवाको विज्ञापनबारे जानकारी दिन्थे । सुरु-सुरुमा लोक सेवाको नाम लिने बित्तिकै दिक्क लाग्थ्यो उनलाई । टाढिन खोज्थिन् । तर बुवाको खुसी र निरन्तरताले गलायो । लोकसेवाको रस बस्दै गयो ।
‘बिहान हुन नपाउँदै लोकसेवाको विज्ञापन बोकेर बुबा मेरो नजिक आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो- 'तिमीले निजामती क्षेत्रमा काम गरेको हेर्न मन छ । त्यसपछि म फतक्क हुन्थें । बुवाको अनुरोधलाई मैले नकार्न सकिनँ । बिस्तारै आफूले देखेका सपना बुवाको सपनामा मिलाउँदै लगें ।'
रहर नहुँदा-नहुँदा पनि बुवाको ढिपीले २०६३ सालमा लक्ष्मीले शाखा अधिकृतको लागि फाराम भरिन् । परीक्षा दिइन् । पहिलो पटक फेल भए पनि दुई पटकको प्रयासपछि शाखा अधिकृतमा नाम निकाल्न सफल भइन् । सँगै उनले बुवालाई खुसी पनि बनाइन् ।
अभिभावकको खुसी र सपना पूरा गर्न धेरै सन्तानले सक्दैनन् । अझ छोरीलाई अर्को चुनौती झेल्नुपर्ने समाज छ । तर लक्ष्मीले बुवाको खुसीका लागि कोसिस गरिन् र अन्तत: सफल पनि भइन् ।
सुरु–सुरुमा लोक सेवाको नाम लिने बित्तिकै दिक्क लाग्थ्यो उनलाई । टाढिन खोज्थिन् । तर बुवाको खुसी र निरन्तरताले गलायो । लोकसेवाको रस बस्दै गयो ।
बुवाको करकापले लोकसेवा आयोगबाट शाखा अधिकृतमा नाम निकाल्न सफल लक्ष्मी निजामती कर्मचारी भएको १७ वर्षमै सचिव भइन् । १२ वर्ष सह-सचिव भएर काम गरेपछि गत असार २६ को मन्त्रीपरिषद्को निर्णयअनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी, सचिव पदमा बढुवा भएकी हुन् उनी । यही साउन ४ गतेको निर्णयअनुसार उनी गण्डकी प्रदेशको सचिवको जिम्मेवारी सम्हाल्न पुगिसकेकी छन् ।
फूलमाला लिएर बधाई दिनेको ओइरो थियो लक्ष्मीलाई । मीठो मुस्कानका साथ उनी बधाईलाई आत्मसाथ गर्दै थिइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुग्दा सरुवाका लागि तयारी गर्दै थिइन् । उनलाई आफ्नै खालको धपेडी थियो । सायद नयाँ भूमिकाका लागि चुनौती पनि थियो ।
सुर्खेतको वीरेन्द्रनगर स्थायी घर भएकी लक्ष्मीले परिवारको साथ पाएर यहाँसम्म पुगेको बताउँछिन् । उनले वीरेन्द्र नगर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषय अध्ययन गरेकी थिइन् । पढेको कुरा याद हुन्थ्यो । पढेर शिक्षकको मन जित्ने स्वभाव थियो । त्यसैले साथीहरूले पनि निकै चासोले हेर्थे उनलाई ।
शाखा अधिकृत हुनुअघि आफूले अध्ययन गरेको कलेजमै लक्ष्मीले ४ वर्ष पढाइन् । आफूलाई थप अब्बल बनाइन् । रोचक कुरा त के भने बैंकर बन्न चाहेकी लक्ष्मीले अवसरलाई जहिल्यै सदुपयोग गरिन् । ठूलो-सानो भनिनन् ।
निजामतीको अनुभव लक्ष्मी यसरी सुनाउँछिन्, ‘राज्यले ममाथि लगानी गरेको छ । हामी पनि मेहनतले सेवा र कार्य सम्पादन गर्नुपर्छ भन्ने लाग्छ । मेरो बुबाको सपना म सचिव भएको हेर्ने थियो तर यो खुसी बाँड्न सकिनँ ।’
कलेज पढाउँदाताका नै लक्ष्मीले शाखा अधिकृतमा नाम निकालेकी थिइन् । अधिकृत भइसकेपछि अझ माथिल्लो पदमा जाने हुटहुटी चल्यो उनलाई । परिवारको सहयोग पाउँदै आएकी उनले ०६७ सालमा सह-सचिवको परीक्षा दिइन् । निजामती सेवामा प्रवेश गरेको ४ वर्षको अनुभव र कलेज पढाएको चार वर्षको अनुभव जोडेर उनले उपसचिवभन्दा माथिल्लो पद सह-सचिवको तयारी गरिन् । र जाँच पनि दिइन् ।
सात वर्षभन्दा माथिको अनुभव भएकाले मात्र सह-सचिवको परीक्षा दिने संवैधानिक व्यवस्था छ । अन्ततः लक्ष्मीको आँट, जोस, जाँगर र मेहनतलाई कसैले पनि रोक्न सकेन ।
‘२०६७ साल फागुन २६ गते सह-सचिवमा नाम निकाल्न सफल भएँ । अझ सह-सचिवको परीक्षामा एकै पटकमा पास हुँदा परिवार तथा समाजले हेर्ने दृष्टिकोण नै बदलियो, त्यो क्षणको खुसी शब्दमा भन्न सक्दिनँ’, उनले भनिन् ।
सहसचिव भइसकेपछि लक्ष्मीको ‘पोस्टिङ’ शान्ति तथा पुन: निर्माण मन्त्रालयमा भएको थियो । तत्कालीन समयमा देश शान्ति सम्झौताको तयारीमा रहेकाले कामको बेग्लै चाप थियो । साथै अनुभव बटुल्ने अवसर पनि थियो ।
'त्यो समय मैले विभिन्न पक्षहरूसँग वार्ता गर्ने र प्रतिवेदन बुझाउने काम गर्नु पर्थ्यो । त्यो बेला धेरै कुरा सिक्न पाएँ', उनले भनिन् ।
शान्ति समन्वय महाशाखा हुँदै लक्ष्मीले तत्कालीन समयमा जिल्लामा जनप्रतिनिधि नभएको कारण जिल्लाका शान्ति समितिहरूसँग काम गर्ने माैका पाइन् । त्यसपछि जनसंख्या तथा वातावरण मन्त्रालयमा उनको सरुवा भएपछि योजना तथा प्रशासन शाखाको प्रमुख भएर काम गरिन् । २ वर्ष काम गरेपछि उनी त्यहाँबाट राष्ट्रपति कार्यालयमा काम गरिन् ।
उपसचिव नै नभई शाखा अधिकृतबाट सहसचिवमा आउन लक्ष्मीलाई सहज भने थिएन । लोकसेवाको परीक्षा भनेको एक दुई किताब पढेर मात्र लेख्न नसकिने बताउँदै उनी भन्छिन्, ‘राम्रो र फरक शैली देखाउन सकेमात्र अगाडि आउन सहज हुन्छ ।’
जब संघीयता लागू भयो तब प्रदेश मन्त्रालयहरू व्यवस्थित गर्नका लागि वरिष्ठलाई पठाउने कुरा सरकारबाट आएपछि लक्ष्मी कर्णाली पुगिन् ।
२०७६ सालमा कर्णाली प्रदेशमा बसेर काम गर्दा फरक किसिमको अनुभव बटुल्ने मौका पाएकी बस्नेतले कर्णालीका विभिन्न जिल्लाहरू गएर विकट गाउँहरू घुम्न र त्यहाँको अवस्था बुझेकाे बताउँछिन् ।
‘विकट गाउँमा अझै पनि महिला र किशोरीहरू अवसरबाट वञ्चित छन् । कतिपय कुराहरूले उनीहरूलाई साथ नदिँदा चाहना हुँदाहुँदै पनि अगाडि बढ्न नसकेको देख्दा दुःख लाग्थ्यो । विकट जिल्लाहरू र गाउँहरूमा महिलाहरूको दयनीय अवस्था छ’, उनी भन्छिन्, ‘छोरी हुर्किएपछि १६/१७ वर्षमा नै विवाह गरेर पठाइन्छ । समाजले गर्दा महिलाहरू अहिले पनि इच्छा र चाहना हुँदाहुँदै माथिल्लो तहमा पुग्न सकेका छैनन् । यसलाई रोक्नु हाम्रो दायित्व हो तर हामी पन्छिन खोज्छौं ।’
तत्कालीन शान्ति मन्त्रालय, तत्कालीन जनसङ्ख्या वातावरण मन्त्रालय, नेपाल सरकार राष्ट्रपतिको कार्यालय, मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुभव हासिल गरी सकेकी लक्ष्मीलाई नेपाल सरकारले १८ औं निजामती सेवा दिवसका अवसरमा उत्कष्ट निजामती पुरस्कार, २०७९ ले पुरस्कृत गरिसकेको छ ।
निजामतीको अनुभव लक्ष्मी यसरी सुनाउँछिन्, ‘राज्यले ममाथि लगानी गरेको छ । हामी पनि मेहनतले सेवा र कार्य सम्पादन गर्नुपर्छ भन्ने लाग्छ । मेरो बुबाको सपना म सचिव भएको हेर्ने थियो तर यो खुसी बाँड्न सकिनँ ।’
सयुक्त राज्य अमेरिका, जापान्, स्पेन, चीन्, लाओस, थाइल्यान्ड, इटाली, केनिया आदी देशहरुमा तालिम तथा अबलोकन भ्रमण गरि सार्वाजानिक प्रशासन तथा व्यवस्थापनमाविशेषज्ञता हासिल गरी गरिसकेकी छन् ।
लक्ष्मीलाई रहर थियो आफू सचिव भएको बुवालाई देखाउने तर त्यो रहर पूरा भएन । बुवाको खुसी त उनले पूरा गरिन् आफ्नो खुसी भने अधुरै रह्यो ।
महिलाहरूको उपस्थिति निजामती सेवालगायत अन्य क्षेत्रमा पनि ज्यादै कम छ । यहाँ आउनका लागि महिलाहरूले पनि आफू अब्बल भएर दरो इच्छाशक्ति बोकेर उपस्थित हुनुपर्ने लक्ष्मीको मान्यता छ ।
‘बुबाको कारण म यहाँ छु तर बुवाले यो पल देख्न पाउनु भएन’, गहभरि आँसु पार्दै उनी भन्छिन्, ‘महिलाहरूलाई अगाडि बढ्नका लागि सबैभन्दा ठूलो पारिवारिक सपोर्ट नै हो । त्यसपछि आफूमा मैले गर्छु र गर्नु पर्छ भन्ने इच्छा शक्तिसमेत हुनुपर्छ । मेरो परिवार भयो, यतिकै ठिक छ भनेर बस्न थालियो भने कहिले प्रगति हुँदैन ।’
उपसचिव नै नभई शाखा अधिकृतबाट सहसचिवमा आउन लक्ष्मीलाई सहज भने थिएन । लोकसेवाको परीक्षा भनेको एक दुई किताब पढेर मात्र लेख्न नसकिने बताउँदै उनी भन्छिन्, ‘राम्रो र फरक शैली देखाउन सकेमात्र अगाडि आउन सहज हुन्छ ।’
लोकसेवा आयोगले लिने परीक्षाको अनुभव पनि लक्ष्मी सुनाउँछिन् । महिलाहरूको दुःख परिवारबाटै सुरु हुने भएकाले सन्तानपछि झन् अर्को दुःख थपिने बताउँछिन् उनी । भन्छिन्, ‘महिलाका लागि चुनौती श्रीमान् र बालबालिका भएपछि झनै थपिँदो रहेछ ।’
परिक्षा तयारी गर्दा महत्त्वपूर्ण जानकारी हाइलाइट गर्दा सबैभन्दा महत्त्वपूर्ण जानकारीमा ध्यान केन्द्रित गर्न मद्दत भएको, रेखाचित्र प्रयोग गर्दा जटिल विचारहरू कल्पना गर्न अझ राम्ररी सम्झन र बुझ्न सजिलो भएको र शीर्षकहरू र उपशीर्षकहरू प्रयोग गरेर नोटहरू व्यवस्थित गर्दा पछि जानकारी फेला पार्न सजिलो भएको बताइन ।
महिलाहरूको उपस्थिति निजामती सेवालगायत अन्य क्षेत्रमा पनि ज्यादै कम छ । यहाँ आउनका लागि महिलाहरूले पनि आफू अब्बल भएर दरो इच्छाशक्ति बोकेर उपस्थित हुनुपर्ने लक्ष्मीको मान्यता छ । उनी भन्छिन्, ‘कोसिस गरौं । महिलालाई पारिवारिक सहयोग गरौं । महिलाले नसक्ने ठाउँ छैन । म जहाँ भएपनि महिला हकहितका लागि आवाज उठाउने छु । अवकाशपछि पनि महिलाहरूका लागि काम गर्ने मेरो सोंच छ ।’