काठमाडौं। तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
दिउँसो सवा १२ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा सङ्घका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।
यसैगरी दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद् भवनको पुनर्निर्माण सम्बन्धमा, निर्माणाधीन संसद् भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ भने दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।