काठमाडौं । एक्जिटो एजुकेसन, अष्ट्रेलियाले 'एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३' कार्यक्रम सम्पन्न गरेको छ । सिङ्गापुरमा एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सम्पन्न भएको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुललाई सम्मानित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका कुलपति प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका संस्थापक निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।सिङ्गापुर तथा मलेसियामा आयोजित विशेष कार्यक्रममा नेपालभरिबाट छनौटमा परेका विभिन्न विद्यालय/कलेज, एवं स्कुल/कलेज सञ्चालक प्रिन्सिपलहरूले शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।
एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीलाई पाँच दशक लामो योगदानको कदर स्वरुप कार्यक्रममा ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको छ । साथै समृद्धी स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ , नवरत्न ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी स्कुल /कलेज बिराटनगरबाट राजेश कार्कीलाई ‘बेस्ट कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजबाट रेबती सिंहलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी स्कुलबाट तपेन्द्र बहादुर सिंहलाई ‘इन्नोभेटिव कलेज अवार्ड’ प्रदान गरिएको थियो ।
त्यसैगरि ‘बेस्ट स्कुल अवार्ड’ नाइटीङगेल सेकेण्डरी स्कुल ललितपुरबाट रन्जना प्रधान र ‘बेस्ट प्रिन्सिपल अवार्ड’ एबिसि स्कुल, नेपालगन्जकि प्रिन्सिपल शशी श्वार् ले प्राप्त गरेका छन् । सिद्धपाइला ईंग्लिश मिडियम सेकेण्डरी स्कुल, सुर्खेतका प्रिन्सिपल नैन सिंह खत्रीले ‘इन्नोभेटिव प्रिन्सिपल अवार्ड’ हात पार्दा ‘इन्नोभेटिव स्कुल अवार्ड’ कपिलवस्तुको हथौसा लिटल स्टार स्कुलबाट सुन्दर पान्डेले पाए ।
एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० विद्यालयहरू मध्येबाट ३३ वटा विद्यालय तथा विद्यालय सञ्चालक्हरूलाई शिक्षा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका ३३ वटा स्कुल र कलेज तथा स्कुल सञ्चालक्हरूलाई छनौट गरी सम्मान गरिएको बताए ।
कार्यक्रममा एक्जिटो इभेन्ट्सका संचालक ह्यारिसन मेरिगनले आफ्ना हजुरबुवा जेफ्रि हपले स्थापना गरेका ‘अवार्डस् अस्टेलिया’ तथा ‘न्युजिल्यान्डर अफ् द एयर’ बाट प्रभावित भई नेपालको शिक्षा प्रणालिमा उल्लेख्य योगदान दिएका शैक्षिक संस्था एवं ब्यक्तिहरूलाई सम्मानित गर्न पाउँदा गौरवान्वीत महसुस गरेको बताए ।