बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । 

कुनै समयमा नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो।  टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा प्रमुख  बालेनको कार्यकक्षमा राखिएको उनको सचिवालयले जनाएकाे छ ।

इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि भएपछि नेपालले ती भूमि गुमाएको थियो ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे नेपाललाई जानकारी नै नभएको बताएका थिए। मन्त्री साउदको उक्त अभिव्यक्तिसँगै उनको चाैतर्फी आलाेचना भएकाे थियाे। 

भ्रमणकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यस विषयमा कुराकानी उठाउन आवश्यक ठाने‍नन् । 

उच्च राजनीतिक नेतृत्वले अनदेखा गरेपछि मेयर बालेनले ग्रेटर नक्सा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।