काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेसँगै चौतर्फी प्रसंशा पाएका छन् ।
अखण्ड भारतको नक्सालाई काउण्टर दिँदै उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सालाई सजाएका हुन् । उनले देखाएका राष्ट्रियताले यतिखेर प्रशंसाको ओइरो पाइरहेकाे छ ।
भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेसँगै नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरू उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
उच्च राजनीतिक नेतृत्वले अनदेखा गरेपछि मेयर बालेनले ग्रेटर नक्सा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ- यतिखेर ।
इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि भएपछि नेपालले गुमाउनु परेको टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा राखिएको सचिवालयले जनाएको छ ।
उच्च राजनीतिक नेतृत्वले अनदेखा गरेपछि मेयर बालेनले ग्रेटर नक्सा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ, यतिखेर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएका थिएनन् ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे नेपाललाई जानकारी नै नभएको बताएका थिए । मन्त्री साउदको उक्त अभिव्यक्तिसँगै उनको चौतर्फी आलोचना भएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्नु पर्छ ।’
अभिनेता दिपकराज गिरीले पनि नेपालकाे पुरानाे नक्सालाई सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, 'अहिलेको सानो नेपाल त राम्रो संग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान? भूइँको टिप्न नखोजौं भएकोलाई जोगाऔं।'
कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै उनले भने, ‘यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ अथवा सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्न सक्छ ।’
यस्ताे बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने महामन्त्री थापाले बताए ।
हालै मात्र प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।
राष्ट्रियता देखाएका बालेनको प्रशंसामा चलचित्र मनोज पण्डित सामाजिक सञ्जालमा लेख्छन्, ‘वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन सुरु गरेको १८ वर्षपछि नेपालको राजनीतिमा विशेष प्रभाव देखिँदैछ र त्यसको एउटा उदाहरण बालेनको आँटको रूपमा देखिएकाे छ । यदि खुसीको अवसरमा एउटा जानकारी सबैसँग साझा गर्न चाहन्छु- ग्रेटर नेपाल- सिमानाको खोजी वृत्तचित्रलाई शृंखलाबद्ध गर्दै अर्को वृत्तचित्र ग्रेटर नेपाल– अस्तित्वको संघर्ष ल्याउने छु ।’
त्यसैगरी, अभिनेता दीपकराज गिरीले पनि नेपालकाे पुरानाे नक्सालाई सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, 'अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान्? भुइँको टिप्न नखोजौँ भएकोलाई जोगाऔँ ।'
कृष्ण ढुंगाना नामका फेसबुक प्रयोगकर्ता सामाजिक सञ्जालमा लेख्छन्, ‘बालेनको यो चुनौती भारतलाई कि नेपालका नेताहरूलाई ? जे होस् यो प्रतिकात्मक विद्रोह गर्ने शैली गज्जब लाग्यो ।’