काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रकारी र फलफूलको मूल्य तोकेको छ । समितिले साउन ८ गते सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको हो ।
समितिका अनुसार ठूलो गोलभेँडाको मूल्य ९० रुपैयाँ, लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै, रातो आलु ५० रुपैयाँ, सेतो आलु, ३८ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ प्रतिकिलो रहेको छ ।
त्यसैगरी, लोकल बन्दाको मूल्य १२ रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, मूला सेतो लोकल १२ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, भटमास कोशा ७० रुपैयाँ, तितो करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवल ३५ रुपैयाँ, फर्सी पाकेको ४०रुपैयाँ, हरियो फर्सी (डल्लो) ५०रुपैयाँ, कन्ने च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, काँक्रो लोकल ५० रुपैयाँ, कुरीलो २५० रुपैयाँ र स्कूस ५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
यस्तै, रायोको सागको मूल्य ७० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरीयो प्याज ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।
यता, फलफूमा केरा दर्जनको १४० रुपैयाँ, फूजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, कागती प्रतिकिलो १६० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, आँप मालदह प्रतिकिलो १५० रुपैयाँ, अंगुर कालो प्रतिकिलो ५५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो २२० रुपैयाँ, किविप्रतिकिलो ८०० रुपैयाँ, मेवा प्रतिकिलो ९० रुपैयाँ र नासपाति लोकल प्रतिकिलो ६० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।