काठमाडौं । चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जनालाई निर्वाचन आयोगले जरिवाना तोकोको छ । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउनेलाई जरिवान तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार अनुसार एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।
वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन सम्बन्धित उम्मेदवारलाई भनिसकेको थियो ।
कारबाहीमा पर्नेहरुमा पर राष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, ओनसरी घर्ती मगर सुशासन पार्टीका अध्यक्ष रमेश खरेल छन् ।
यस्तै, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीलोसपा०का अध्यक्ष महन्थ ठाकुर, लोसपाकै नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सोविता गौतम, रास्वपाकै गणेश पराजुली समेत छन् ।
यसताे छ कारबाहीमा पर्नेहरूको सूची: