काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार घुससहित मेडिकल ल्याब टेक्नोलोजिस्टलाई पक्राउ गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरिएको हो ।
छैठौँ तहका अधिकृत भट्टराईलाई रकमसहित शंखमुलबाट पक्राउ गरिएको आयोगले जनाएकाे छ ।
सेवाग्राहीसँग ल्याब दर्ता प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा पक्राउ गरिएको हो ।
भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ ।




























