लागूऔषध सेवन गरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

लागूऔषध सेवन गरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । लागूऔषध सेवन गरी दुर्घटना गराएको भन्दै १ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा ३ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । 

भूपेन्द्र श्रेष्ठले लागूऔषध प्रयोग गरी लापरवाहीपूर्वक चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका ३ जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदल यात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।  

श्रेष्ठको साथबाट लागूऔषधजन्य पदार्थ र कार समेत नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौंै बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र  काठमाडौं बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर छन् ।