काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालपठाइएको छ । विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।
विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा कोपाइलट एस कटुवाल, अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।