काठमाडौं । लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले नतिजा सार्वजनिक गरेको छ । आयोगले शाखा अधिकृत न्याय, न्याय, कानुन र सरकारी वकिलले समूहको नतिजा सार्वजनिक गरेको हो ।
माग पद संख्या ७० जनामा लिखित परीक्षामा १ सय ९ जना छनोट भएका छन् । परीक्षामा सम्मिलित संख्या ७ सय ६७ जना रहेका छन्।
छनोट भएका मध्य अर्जुनकुमार कार्की, अस्मिता सुवेदी, आशिष भुर्तेल, एलिना घिमिरे, कुसुम कार्की, खगेन्द्रबहादुर थापा, गणेशचन्द्र भट्ट, चन्द्रसेखर साह तेली, जनकबहादुर खड्का, ज्योति चौधरी, तप्त बहादुर रावत, दिनेश साह, दुर्गानाथ निरा गिरी, निर्मला श्रीस, पूजा खड्का, पूजा पन्थी, प्रतीक्षा खड्का, प्रियङ्का बलाल, प्रेमप्रसाद रेग्मी, बसन्ती कार्की, बिन्देश्वरीकुमौरी जोशी, भावना वर्णवाल, भेषबहादुर गुरुङ, मनोविज्ञान शर्मा, मिलन अधिकारी, रक्षा श्रेष्ठ, रमा श्रेष्ठ रोकाया, रामबहादुर, बिपना अधिकारी, सङ्गीता बडाल, सागर बराल सिताराम साह, सीता शर्मा, सुष्मा नगरकोटी, सोफिया थापा, हेमप्रसाद डुम्रे छनोट भएका छन् ।
त्यस्तै अस्मिता अर्याल, आकृती निरौला, मेशविजश्री थारु, कल्पना पौडेल, केशव न्यौपाने, खेमराज राई, चन्द्रकला राई, जगदिश सापकोटा, जुना शर्मा, दुमाकुमारी राना, तेजप्रसाद पाण्डे, दिपिका आचार्य, नमुना गोदार, निराजन ओझा, पवित्रा गर्तौला पोखरेल, पूजा चौधरी, प्रकाशकुमार कर्ण, प्रतिमा पाण्डे, प्रियङ्का शर्मा, प्रेमबहादुर फडेरा, विनिता अर्याल, विष्णुप्रसाद उपाध्याय, भुवनप्रसाद ज्ञवाली, मदन बेल्बासे, मिरा पोखरेल, यमता पन्धाक, रनकेशरी महर्जन, राजकुमार राई, रिया भट्टराई, विमला पौडेल, शिला भुसाल, सन्तोष अधिकारी, सिकिन्द्रकुमार यादव, सिमीकुमारी गुप्ता, सुनमाया मल्ल, सृजना आचार्य र स्वस्थानी थापा छनोट भएका हुन् ।
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २र२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।
आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपुऱ्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले देहायको स्थान, मिति र समयमा हुने सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेश पत्र लिई एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।