काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आईतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आईतबार राति देशभर साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र मधेश प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका १–२ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।