काठमाडौँ । नेपालमा वर्षा, बाढी र फोहोरका कारण पिउने पानी दुषित हुँदा मानिसहरुमा हैजा सङ्क्रमण हुने गरेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा हैजा प्रमाणित भई उपचारार्थ भर्ना भएका दुई जना बिरामी भागेपछि यसबारेमा व्यापक चर्चा सुरु भएको छ । देशका अन्य जिल्लामा पनि हैजाका संक्रमितहरु रहेको आशंका गरिएको छ । कतिपय संक्रमितहरु उपचारका लागि स्वास्थ्य संस्थामा नजाँदा हैजाका बिरामीहरु कहाँ कति संख्यामा रहेका छन् भन्ने तथ्यांकको बारेमा सरकार नै बेखबर छ ।
के हो हैजा ?
हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरु कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सन्छ । हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजनको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेस गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।
हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरुमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन ।
कलेरा ब्याक्टेरीयाका कारण हैजा
हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ । राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरुलाई मात्र असर पु¥याउँछ । सरसफाईको अभाव, सफा पिउने पानीको अभाव तथा गरीबीले यसको जोखिमलाई बढाउने गर्दछन् । त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको सङ्क्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । दिसामा एक विशेष किसिमको छडी डुबाएर परीक्षण गरिने ¥यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ तर यसले भरपर्दो नतिजा भने दिँदैन ।
हैजाका लक्षणहरु
१.निरन्तर दिसा लाग्नु
२.दिसा अधिक पातलो हुनु
३.पटकपटक बान्ता आउने
४.पेट वा खुट्टाको मांसपेशी बाउँडिने
५.छाला चाउरी पर्न थाल्ने
६.आँखा गाडिनुका साथै मुख सुक्खा हुने
७.रक्तचाप कम हुने
८.धेरै पसिना आउने
९.रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्ने
१०.लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ ।
बच्ने उपायहरु
१.पानी राख्ने भाँडो सफा र सधैँ छोपेर राख्ने
२.सकेसम्म पानी उमालेर पिउने
३.उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपानी फिल्टर गरी उमालेर पिउने
४.काँचो खानेकुरा सकेसम्म नखाने गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाइ खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर खाने
५.बाहिरबाट आउनेबित्तिकै साबुनपानीले हातधुने बानी बसाल्नु पर्छ ।
६.धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ ।
यसका साथै हैजाबाट बच्न सरसफाई तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवस्यक छ । बच्चा छ महिनाको भएपछि हैजाविरुद्धको खोप मुखबाट खुवाइन्छ । यस्तो खोपले ई.कोलाई नामको ब्याक्टेरियमका कारणले हुने झाडापखालाबाट समेत बचाउँछ । हैजाको प्राथमिक उपचारको लागि पानी वा तरल पदार्थ खुवाएर ओरल रिहाइड्रेसन थेरापी गरिन्छ । यस्तो उपचारमा हल्का गुलिया तथा नुनिला घोलहरु (जस्तैः नुनचीनि पानी, जीवन जल) खुवाएर दिसामा खेर जाने तरल पदार्थको सट्टाभर्ना गरिन्छ । यस्तो बेलामा चामलबाट बनेका झोल खानेकुराहरू राम्रा मानिन्छन् । जटिल अवस्थाहरुमा रिन्जर्स ल्याक्टेट जस्ता नसाबाट दिइने तरल पदार्थहरु प्रभावकारी हुन्छन् भने एन्टिबायोटिक औषधिको प्रयोग पनि लाभदायक हुन सक्छ । बालबालिकाहरुलाई जिङ्क चक्की खुवाउँदा लाभदायक हुन्छ । बिरामीको शरीरमा भएका ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने जाँचेर कुन औषधि दिने भन्ने निर्णय गर्नु प्रभावकारी हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ । सङ्गठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ ।
हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरुमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन ।
वर्षेनी ५० लाख मानिस प्रभावित
एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ३०–५० लाख मानिसहरु हैजाबाट प्रभावित हुन्छन् भने यसका कारण ५८ हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ । हाल यसलाई विश्वभर फैलिएको रोगको रुपमा वर्गीकरण गरिएको भएपनि विकसित देशहरुमा हैजाका बिरामीहरू बिरलै भेटिन्छन् । यो रोगबाट प्रायजसो बालबालिकाहरु प्रभावित हुने गर्दछन् । हैजा महामारीको रुपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ । हाल अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरु हैजाको जोखिममा छन् ।
प्राय यस रोगबाट प्रभावित मध्ये प्रतिशत भन्दा कम मानिसको मृत्यु हुने भएपनि उपचारको पहुँच नभएका मानिसहरूको समुदायमा यस्तो मृत्युदर ५० प्रतिशतसम्म पुगेको पाइन्छ । हैजाको इतिहास हेर्दा इसापूर्वको पाँचौ सताब्दीमै संस्कृतमा यसको बर्णन गरिएको पाइन्छ । सन् १८४९ देखि १८५४ का बीचमा जोन स्नोले गरेको हैजासम्बन्धि अध्ययनले रोगको सङ्क्रमण, वितरण तथा रोगबाट बच्ने उपायहरुका बारेमा गरिने अध्ययनको (इपिडेमियोलोजी) क्षेत्रमा नयाँ आयाम थप्यो ।
मनिसमा हैजा लाग्ने क्षमता
साधारणतया एक वयस्क मानिसलाई हैजा लाग्न करीब १० करोड ब्याक्टेरीया खाना, पानी वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्नु आवस्यक छ । यद्यपी आमासयको अम्लीयपन घटाइएका मानिसहरुमा (जस्तै प्रोटोन पम्प इनहिबिटर प्रयोग गरिरहेका मानिसहरु) भने यो मात्रा कम भए पनि रोग लाग्न सक्छ । बालबालिकाहरुमा पनि यो रोग सजिलै लाग्न सक्छ । विशेष गरी दुईदेखि चार वर्षका बालबालिकाहरुमा अत्याधिक सङ्क्रमण भएको पाइन्छ । मानिसको व्यक्तिगत हैजा रोग लाग्ने क्षमता उसको रगतको समूहबाट पनि प्रभावित हुन्छ । रगत समूह ओ भएका मानिसहरुश्रलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । एड्स लागेका मानिसहरुश्र वा कुपोषणको सिकार भएका बालबालिकाहरुमा यो रोगको सङ्क्रमण भयो भने यसले कडा रुप लिन सक्छ ।