काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । आज विशेषगरी शिवालयहरुमा बिभिन्न रंगिचंगी पोशाकमा (रातो, पहेंलो, हरियो) सजिएर महिलाहरु भगवान शिवको पूजा तथा आराधना गर्न भेला भएको देखिएको छ । त्यसोतः साउन महिनाको सुरुवातसँगै महिलाले हरियो चुरा लगाएको हामीले देख्ने गरेका छौँ । साउन महिनाभरी के विवाहित, के अविवाहित अधिकाँश महिलाहरु माछा, मासु खान छोडेर हातमा रंगिचंगी मेहन्दीका चित्रसहित शरीरमा हरियो, पहेंलो र रातो लुगा लगाउन रुचाउँछन् । यसको धार्मिक महत्व पनि छ । यो महिनामा हरियो रंग प्रयोगमा ल्याउँदा यसले भाग्यलाई प्रभावित पार्ने जनविश्वास रहिआएको छ ।
शास्त्रमा प्रकृतिलाई ईश्वरका रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रुपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।
शिव भगवान प्रसन्न :
साउन महिनामा हरियो रंग लगाउँदा शिव भगवान विशेष खुसी हुन्छन् भन्ने विश्वास रहिआएको छ । । भगवान शिवको प्रकृतिसँग विशेष झुकाव छ र यस्तोमा भक्त आफैंले आफैंलाई प्रकृति अनुरुप भइदिँदा शिव भगवान विशेष प्रकारले खुसी हुन्छन् र मनोकामना पूरा गरिदिन्छन् भन्ने जनविश्वास रहेको छ । साउन महिनामा हरियो रंगको चुरा लगाउने महिलामाथि विष्णु भगवान पनि प्रसन्न हुन्छन् भन्ने धार्मिक तथा पौराणीक जनविश्वास छ ।
पौराणिक मान्यता :
पौराणिक मान्यताअनुसार साउन महिना शिव भगवानको महिनाका रुपमा लिइन्छ । शास्त्रमा उल्लेख भएअनुसार हिमालयकी छोरी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’ लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रुपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।
हरियो उपचारको रङ पनि हो । जो मुटुसँग विशेष रुपमा जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
यसकारण लगाइन्छ हरियोः
शास्त्री नवीन प्रियदर्शिका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।
शास्त्रमा प्रकृतिलाई ईश्वरका रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रुपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।
हरियो चुरा र रंगलाई हिन्दू समुदायमा शीतलताको प्रतीकका रुपमा पनि लिइन्छ । जहाँ–जहाँ नेपाली छन् त्यहाँ त्यहाँ साउन महिनामा भगवान् महादेवको पूजा गर्ने र हरियो पहिरन लगाउने चलन पनि छ । हरियो चुरा, मेहन्दी र सारी लगाउने चलन खासगरी हिन्दू धर्ममै केन्द्रित रहेको पाइन्छ । किनकि, हिन्दू धर्ममा हरियो रंगको विशेष महत्व छ । अर्को कुरा समाज रुपान्तरण हुँदै जाँदा यो फेसनकै रुपमा अघि बढेको छ ।
हरियो उपचारको रङ पनि हो । जो मुटुसँग विशेष रुपमा जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
नेवार समुदायमा श्रेष्ठ जातिले पनि साउन हरियो चुरा, सारी र मेहन्दी लगाएको पाइन्छ । नेवारभित्रका अन्य जातिले भने गठेमंगललाई नै हरियो पर्वका रूपमा मनाउँछन् । हरियो चुरा, मेहन्दी र सारी आधुनिक समयमा फेसनको रुपमा विकास भएको पाइन्छ ।
व्रतको सांस्कृतिक महत्व
साउन महिनामा सूर्य कर्कट राशीमा बस्छ, र्ककट राशी भनेको चन्द्रमाको घर हो । चन्द्रमा भनेको जल तत्व हो । संस्कृतिविद्हरुका अनुसार सोमबारलाई चन्द्रमाको बारको रुपमा लिइन्छ । त्यसकारण साउनको सोमबारको दिन शिवलाई जलले स्नान गराउने गरिन्छ । किनभने भगवान शिव स्नानतुल्य छन् । स्वास्थ्यलाभ भएपछि राम्रो श्रीमान् पाउने मान्यता रहेको कारण नेपालका अविवाहित नारीले साउन महिनामा शिवको व्रत बस्ने गर्छन् । विवाहित महिलाका हकमा भने साउनमा शिवको व्रत बस्दा श्रीमानबाट शारीरिक र मानसिक सुख र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।