काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरूमा शुक्रबार हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ ।
शुक्रबार राति देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।