काठमाडौं । पेसाले टहल दाहाल विश्व भाषा क्याम्पसका नायब सुब्बा हुन् । तर उनको नाम भने लेखक तथा कविका रूपमा समेत परिचित छ । दोलखा जिल्लाको जिरी नगरपालिका ३ मा बाल्यकाल बिताएका उनले माध्यमिक तहसम्मको शिक्षा जिरी मा विबाटै पुरा गरेका हुन् ।
विद्यालयका अतिरिक्त क्रियाकलापहरूमा समेत सक्रिय टहलको नाम शिक्षक र विद्यार्थीहरूमाझ चर्चामा रहन्थ्यो । वि.सं. २०४९ सालमा आयोजना भएको वीरेन्द्र शिल्ड खेलकुद प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेका टहल शैक्षिक रूपमा पनि अब्बल थिए ।
विद्यालयमा हुने सबैजसो अतिरिक्त क्रियाकलापमा उनी कुनै न कुनै रुपमा सहभागी भएकै हुन्थे । कक्षा ९ मा पढ्दादेखि नै टहलको कवितामा रस बसेको थियो । त्यसैले होला उनको भेट कवि रमेश क्षितिजसँग जुर्यो ।
वि.सं. २०४९ सालमा एसएलसी दिएपछि काठमाडौं आएर उनी कवि रमेश क्षितिजसँग एउटै कोठामा बस्न थाले । त्यसपछि उनको कविता यात्राले अझ फड्को मार्ने मैका पायो । उनी सम्झन्छन्, 'मलाई रमेश क्षितिजले त्यो बेला प्रेरणा र हौसला नदिएको भए आज म यो अवस्थामा हुने थिइन होला ।'
टहल कविताका माध्यमबाट समाजलाई प्रश्न सोधीरहन्छन् । उनका कवितामा एक किसिमको विद्रोही चेत भेटिन्छ । २०६२/०६३ सालको जनआन्दोलनपछि उनी कविताका माध्यमबाट समाजले भोग्नुपरेका नियति जस्ताको तस्तै उतार्दै आएका छन् । प्रशासनिक कर्मचारीको जिम्मेवारी र कविताप्रतिको मोह मेट्न उनी जागिर र साहित्य दुवैतर्फ सन्तुलन राखेर काम गर्छन् ।
आफूलाई पढाउन बुबा आमाले गरेको दुःख उनले देखेका थिए । जसले उनलाई सरकारी जागिरे हुन प्रेरित गर्यो । साथीभाइले पनि त्यसमा हौसला थपिदिए । त्यसैले उनी अहिले सरकारी कर्मचारीका रुपमा कार्यरत छन् ।
'मलाई कविताले धेरै हौसला दिएको छ । कवितामा पनि देशका शासकलाई सही बाटामा ल्याउन सकिने कला भने छ । विगतलाई हेर्दा ठुला-ठुला कालखण्डमा कविताका माध्यमबाट पनि विद्रोह भएका छन् । एउटा कविले समाजमा भएका दु:ख-पिडा-विभेदलाई कविताका माध्यमबाट प्रस्तुत गर्छ’, कविताबाट हौसिएका उनी भन्छन् ।
जागिरे जिम्मेवारीसँगै उनी कवि भएको नाताले राज्यको स्रोत र साधन सबैको हितमा प्रयोग हुनुपर्ने कुरामा पनि जोड दिन्छन् । उनी भन्छन्, 'प्रशासकहरूले कानुन बनाउँदा पनि कर्मचारीका दु:ख पिडालाई न्याय गर्ने खालको हुनुपर्छ र कर्मचारीले पनि कानुनको पालना इमानदारीका साथ गर्नुपर्छ ।'
विभिन्न सभा सम्मेलनमा कविता भन्दै हिँड्ने उनी कविताका माध्यमबाट समाजलाई परिवर्तन गर्दै आफ्नो छुट्टै छाप छोड्न चाहन्छन् ।
मान्छे जन्मिएपछि केही न केही कर्म गर्नुपर्छ भन्ने उनको सानैदेखिको सोच थियो । आफूलाई पढाउन बुबा आमाले गरेको दुःख उनले देखेका थिए । जसले उनलाई सरकारी जागिरे हुन प्रेरित गर्यो । साथीभाइले पनि त्यसमा हौसला थपिदिए । त्यसैले उनी अहिले सरकारी कर्मचारीका रुपमा कार्यरत छन् ।
हुन त टहलले २०५३ सालमा नै त्रिभुवन विश्वविद्यालयमा अस्थायी रूपमा प्रशासनको कर्मचारी बन्ने अवसर पाएका थिए । तर उनलाई स्थायी सरकारी जागिरे हुनु थियो । त्यसैले उनले सोहीअनुरूप तयारी गरे र वि.सं. २०६१ सालमा विश्व भाषा क्याम्पसमा स्थायी रूपमा नियुक्त भए ।
संविधानले परिकल्पना गरे अनुसार जनमुखी र नतिजामुखी सेवा प्रवाह गर्न राज्यद्वारा सबै प्रकारका कर्मचारीप्रति गरिने व्यवहार समान बनाइनुपर्ने टहलको धारणा छ ।
हालसम्म पनि विश्व भाषा क्याम्पसमै कार्यरत टहल क्याम्पसमा अन्तर्राष्ट्रिय भाषाको प्रशिक्षण दिने भएकाले अन्य शिक्षण संस्था भन्दा फरक अनुभव पाइएको बताउँछन् । उच्च शिक्षाको थलो त्रिभुवन विश्वविद्यालयकै मातहतमा रहेको विश्व भाषा क्याम्पसमा आफूले पनि भाषाको माध्यममा छुट्टै अनुभव लिएको उनको भनाइ छ ।
क्याम्पस तहको पढाई हुने क्याम्पसहरूमा अनुशासनमा राख्ने सन्दर्भमा अलि अप्ठ्यारो हुने समेत उनको बुझाई छ । भन्छन्, 'कक्षा १० देखी तल अध्यायन गर्ने नानीहरूलाई नैतिक रूपमा ठिक बाटोमा लैजान सहज हुने भए पनि कलेज पढ्ने विद्यार्थीलाई अनुशासनमा राख्न चुनौतीहरू शिक्षकलाई मात्र नभएर क्याम्पस प्रशासनलाई झन् धेरै हुने रहेछ ।'
साना नानीहरूलाई घरमा अनुशासन सिकाइने र विद्यालयमा पनि सोही लागू हुन्छ । तर, कलेज पढ्ने विद्यार्थीका सन्दर्भमा अनुशासनको दायरामा ल्याउन कठिन हुने उनको भनाइ छ । भन्छन् 'उच्च मनोबल कायम गर्नु, नैतिकताको विकास गर्नु, कार्य प्रति अभिप्रेरित गर्नु, सुधारका सकारात्मक उपाय अपनाउनु आदिलाई विशेष महत्त्व दिन्छु । दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा नेपाल सरकारले पनि विशेष भूमिका खेल्नु पर्छ ।'
सरकारी कर्मचारीले सेवाग्राहीलाई सुशासनको प्रत्याभूति दिलाउँदै सेवा प्रवाह गर्ने हो । सार्वजनिक प्रशासनको जिम्मेवारीमा बसेपछि संस्थामा आवश्यक जनशक्तिको प्राप्ति, उपयोग, उत्प्रेरणा, निरन्तरता, विकास, व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने हुन्छ । यसका लागि आफूले त्यस्तो क्षमता राख्न सक्नुपर्ने उनी बताउँछन् ।
'मैले प्रशासनलाई सक्षम बनाउन अनेकौं उपायहरू अवलम्बन गर्नुपर्ने जरुरी देखेको छु । म आफू पनि संस्थाले निर्धारण गरेका उद्देश्य हासिल गर्न अधिकतम जनशक्ति उत्पादन गर्ने कुरामा निरन्तर लागिरहेको छु', उनले भने, 'शिक्षा क्षेत्रमा विद्यालयदेखि शिक्षा मन्त्रालय सम्मको संरचना एक पछि अर्को गर्दै परिवर्तन हुने क्रम जारी छ । नयाँ कर्मचारीलाई पुराना कर्मचारीले काम नसिकाउने प्रवृत्ति हुन्थ्यो तर मैले त्यस्ता नियति भोग्नु परेन ।'
विश्वविद्यालयको काममा अरू ठाउँ भन्दा अलि बढि चुनौती हुने उनी बताउँछन् । क्याम्पस प्रशासन चलाउन क्याम्पस प्रमुख हुन्छन् । त्यसपछि लेखा समिति र विभागीय प्रमुखको पनि बराबरी जिम्मेवारी हुन्छ । उनी भन्छन्, 'कर्मचारीले आफ्नो जिम्मेवारी बहन गर्नैपर्ने हुन्छ । जनतालाई आवश्यक पर्ने सेवा प्रवाहमा सहजीकरण र समन्वयका लागि सबै प्रकारका सरकारहरू पनि जिम्मेवार बन्नुपर्दछ ।'
टहल कविताका माध्यमबाट समाजलाई प्रश्न सोधीरहन्छन् । उनका कवितामा एक किसिमको विद्रोही चेत भेटिन्छ ।
संविधानले परिकल्पना गरे अनुसार जनमुखी र नतिजामुखी सेवा प्रवाह गर्न राज्यद्वारा सबै प्रकारका कर्मचारीप्रति गरिने व्यवहार समान बनाइनुपर्ने टहलको धारणा छ । उनी सरकारले कर्मचारीलाई तोकेको सेवा शुल्कप्रति सन्तुष्ट छैनन् । उनका अनुसार नेपाल सरकारले दिएको तलब सुविधाले रोजीरोटी धान्नै मुस्किल छ । विकास, समृद्धि र सुशासनका विषयमा पनि विद्यार्थीले अनुभूति गर्न सक्नेगरी सेवा प्रवाह हुनुपर्ने र विद्यार्थीको दैनिकीमा के कति प्रभाव पार्न सक्यो भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाई छ ।
व्यक्ति संगठन र सामाजिक उद्देश्य हासिल गर्न जनशक्ति उत्पादन, विकास, चाहना र संगठनको उद्देश्यबीच सामञ्जस्यता, संगठन सुधार, निर्देशन र नियन्त्रण गर्नुलाई आफ्नो प्रमुख प्राथमिकता हो भन्ने उनी ठान्छन् । नेपालको प्रशासन क्षेत्रमा ठुलो अवरोध रहेको उनको भनाई छ । भन्छन्, 'यो अवरोधले पनि राम्रा कुराहरू भएका छन् । सरकारलाई घचघच्याइने काम भएको छ ।'
पुराना कर्मचारीले मात्र २१ औं शताब्दीको सूचना तथा सञ्चारको फड्कोलाई ओगट्न नसक्ने उनको भनाई छ । लोकतान्त्रिक समाजमा कर्मचारीतन्त्रको फरक भूमिका, शैली, मर्यादा र अनुशासन हुने कुरामा उनको विश्वास छ ।