काठमाडौं । देशभर अहिले मनुसन सकृय रहेको छ । यस वर्षको वर्षायाम सुरु भएयता करिव दुई सय जनाको हाराहरीमा ज्यान गइसकेको छ । ज्यान जानेहरुमा पहिरोले घर पुरिएर, खोलाले बगाएर, बाढीमा परेर आदि रहेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।
मनसुन हरेक वर्ष भित्रिन्छ । तर मनसुनले पार्नसक्ने सम्भावित क्षतीका बारेमा संघीय, प्रदेश र स्थानीय सरकारले खासै चासो र तयारी गरेको पाइँदैन । मनसुनले जस्तो क्षती गर्छ उसैगरी त्यसको सामना गर्दै जाने सरकारको शैलीले गर्दा हरेक मनसुनमा धनजनको क्षतीको मात्रा बढ्दै गएको हामी पाउँछौँ ।
मनसुनले असर पार्न सक्ने सम्भावित स्थानमा मिहीन ढंगले योजना बनाए अघि बढ्न नसक्दा देशका धेरै जिल्ला, प्रदेश र गाउँटोलमा डुवान हुने, बाढीले कटान गर्ने, खेतीयोग्य जमिनमा लेदो पसेर बालीनाली नष्ट गर्ने, सडक र अन्य भौतिक संरचनामा क्षती पुर्याउने आदि जस्ता कार्यहरु भइरहेका छन् । यी र यस्ता सम्भावित समस्याहरुको बेलैमा पहिचान गरेर काम अगाडि बढाउने हो भने त्यसले ठूलो क्षती गर्न सक्दैन भन्नेमा कसैको दुइमत नरहला ।
प्राकृतिक प्रकोपलाई रोक्न त सकिँदैन तर मानवीय व्यवहार, उसले निर्माण गरेका भौतिक संरचना आदिले गर्दा त्यसको क्षतीम बढी वा कम हुने कुरा निर्धारण गर्दछ ।
वर्षा याममा भूस्खलन वा पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक भूवैज्ञानिक क्रिया हो । भूस्खलनमा जमिनको गतिको विस्तृत शृङ्खला समावेश हुन्छ जसमा चट्टान खस्नु, माटोको बहाव, ढलान तर्फ झर्दै गरेको माटोको थुप्रो आदि पहाडको शृङ्खलादेखि तटीय भीर वा पानीमुनिसमेत ठाडो र कोमल ढलानमा पहिरो जान सक्छ । ढलानले केही प्रक्रियाहरू पार गर्दा पहिरो जाने गर्दछ जसले यसको अवस्थालाई स्थिरबाट अस्थिरमा परिवर्तन गर्दछ ।
पहिरो जानुका कारणहरु धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी, भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण, आदि मानवद्वारा निर्मित कारणहरु हुन् । प्राकृतिक कारणहरु जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ । गुरुत्वाकर्षणले भूस्खलनका लागि प्राथमिक बल प्रदान गर्ने भएतापनि ढलानको स्थिरतालाई प्रभावित पार्ने अन्य विभिन्न कारक तत्वहरु हुन्छन् । सहरी फैलावट जस्ता मानव विकास र खानी र वन फँडानी जस्ता स्रोत दोहनले गर्दा पहिरोको जोखिम बढ्न जान्छ । यसको अतिरिक्त, जलवायु परिवर्तन र वातावरणमा मानव प्रभावले विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रमले चरम मौसम जस्ता प्राकृतिक घटनाहरूको आवृत्ति बढाउन सक्ने भएकाले यसले पहिरोको जोखिमलाई पनि बढाउन सक्छ ।
पहिरो जानुका कारणहरु धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी, भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण, आदि मानवद्वारा निर्मित कारणहरु हुन् । प्राकृतिक कारणहरु जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।
नेपालजस्तो हिमाली–पहाडी मुलुकमा पहिरोको जोखिम अत्न्तै हुन्छ । पहाडमा पहिरो खसेर धनजनको क्षती हुने र तराई–मधेशमा अत्याधीक वर्षाका कारण पानीको निकास नहुँदा डुवानमा पर्ने समस्या वर्षौँदेखिको हो । यो समस्या समाधान गर्नका लागि स्थानीय सरकारहरुको उत्तिसारो ध्यान नगएको पाइँदैन ।
अतः प्राकृतिक प्रकोपलाई रोक्न त सकिँदैन तर मानवीय व्यवहार, उसले निर्माण गरेका भौतिक संरचना आदिले गर्दा त्यसको क्षतीम बढी वा कम हुने कुरा निर्धारण गर्दछ । हामीले निर्माण गरेका संरचनाहरु प्रकृतीमैत्री हुने हो भने हामी मनसुनजन्य प्राकृतिक प्रकोपबाट अकालमा ज्यान गुमाउन र धन गुमाउन भने रोक्न सक्छौँ ।