म्याग्दी । बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारमा खटिएका वडा अध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार मङ्गलबार बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो । उनका अनुसार पहिरोले दुई घर बगाउँदा पाँच जनाको ज्यान गएको हो ।
‘‘माथिबाट आएको पहिरोले स्थानीय बालिश्वर बुढाका दुई वटा घर बगाएको छ । अहिले घटनास्थलमा पाँच जनाको शव फेला परेको छ । अन्य केही घाइते अवस्थामा भेटिएका छन् भने केही बेपत्ताको खोजी भइरहेको छ’’, वडाध्यक्ष बुढा मगरले भने ।
मृतक, घाइते र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन । घरमा कति जना मान्छे थिए भन्ने विवरण खुल्न नसकेको वडा अध्यक्ष बुढा मगरको भनाइ छ । आरुपाटा बागलुङको विकट गाउँ हो ।
मृतक, घाइते र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन । घरमा कति जना मान्छे थिए भन्ने विवरण खुल्न नसकेको वडा अध्यक्ष बुढा मगरको भनाइ छ । आरुपाटा बागलुङको विकट गाउँ हो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार गाउँपालिका उपाध्यक्ष भिमसेन वनको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोली राहत सामग्री लिएर घटनास्थलतर्फ गएको छ ।
यसैगरी, वडा नम्बर ९ स्थित दर्लिङमा पहिरोले १५ वर्षीय विद्यान परियारको ज्यान गएको छ । घरमा पानी पसेपछि पानी छेक्न जाँदा पहिरोमा पुरिएर परियारको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकीले बताए । त्यसैगरी सोही ठाउँमा बाढी सहित आएको पहिरोले बगाउँदा गङ्गाबहादुर बस्नेतको मृत्यु गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलमा पुग्न अझै केही समय लाग्ने जानकारी दिए ।