काठमाडौं । बागमती नदीमा आएको बाढीले गर्दा ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १ डुबानमा परेको हो ।केन्द्रको परिसरमा घुँडामाथि पानी जमेको छ । केन्द्रको सो भवनको भूईँ तल्लामा केन्द्रले स्वास्थ्य सेवा प्रदान गरिरहेकोछ भने माथिल्लो तत्ला महालनगरपालिको वडा कार्यालय हो ।केन्द्रका इन्चार्ज मधुकर मणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन ।अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गछौं,आचार्यले अनलाइनखबरसँग भने, आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ । भित्र गएर नहेरका कारण अहिले नै कति क्षतिभयो भन्ने एकीन नभएको उनीले बताए ।
लतिपुरकी एक ६५ वर्षीया एक वृद्द महिला टाउको दुखेको कारण केन्द्रमा परीक्षण गर्नका लागि आइपुगेकी थिइन् । तर केन्द्रमा ताला लगाइएको थियो । भित्र स्वास्थ्यचौकी पानीले पुरै डुबानमा परेको थियो ।अस्ति ७ दिन अगाडी पनि पानीले स्वास्थ्यचौकी डुबाएको थियो । आज पनि उस्तै रहेछ, ती वृद्ध महिलाले अनलाइनखबरसँग बताएकिछिन्, आज अब स्वास्थ्य चौकी खुल्दैन । स्वास्थ्यकर्मी पनि आउँदैनन ।
उच्चरक्तचापको समस्या रहेकी ती वृद्द महिला निजी अस्पतालमा भएपनि उपचार गर्ने भन्दै हिडिन् ।केन्द्रका इन्चार्ज आचार्यका अनुसार साउन १६ गते आएको बाढीले भिडियो एक्सरे, इसीजी मेसिन, ल्याब रिएजेन्ट, औषधि लगायत क्षति पुर्याएको थियो ।‘भिडियो एक्सरे मेसिन प्रिन्टरमा पानी पेसेको थियो । आज बनाउने योजना थियो । तर आज नै पानी केन्द्र नै बन्द गर्नुपर्यो,’ आचार्यले बताए।
स्थानीय तह पाउनुपर्ने सुविधाहरुमा पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङ, औषधि वितरण, स्वास्थ्य प्रवद्र्धन, सामान्य उपचारबाट पाउँछन् । यसैगरी केन्द्रमा विशेषज्ञ चिकित्सकीय सेवा पनि दिँदैआएको छ ।