काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयका सह/प्रवक्ता डा. समीर अधिकारीले सूचना निकाल्दै हाँडेरगलफुलो भएर चिउँडोरगालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्ने जस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो ।
डा. अधिकारीका अनुसार हाँडेरगलफुलो भएमा ज्वरो आउनु, हाडजोर्नी दुख्नु, खान मन नलाग्नु, रुघा खोकी लाग्नु, टाउको दुख्ने, थकान महसुस हुनु शरीर दुख्नु, जस्ता लक्षण देखिने गर्दछन् । यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा र्याल, सिँगानको छिटाबाट सर्ने डा. अधिकारीको भनाइ छ ।
चिउँडो/गलफुलोले गर्दा अचेत हुनु, धेरै पेट दुख्नु, तारान्तार वान्ता हुनु, अण्डकोष सुन्निनु, कान दुख्नु वा सुन्ने क्षमता कमजोर हुनु जस्ता जटिलता निम्तने गर्दछन् ।
चिउँडो/गलफुलो भएर बिरामी भएमा कम्तीमा पाँच दिन घरमै आराम गर्न, प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खान, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडारकपडा प्रयोग नगर्न डा. अधिकारीको सुझाव छ ।
त्यस्तै, बिरामीले खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने, मास्क लगाउने, साबुन पानी मिचिमिची हात धुन, व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिन डा. अधिकारी आग्रह गरे ।