काठमाडौं । नेपालको राष्ट्रिय खेल के हो ? भन्नेबारे निकै लामो समयदेखि चलेको बहस विसं २०७४ सालमा आएर टुंगियो । त्यसअघि नेपालको राष्ट्रिय खेल के हो ? भनेर सोधिने सामान्य ज्ञानका पुस्तक, पाठ्यपुस्तक आदिमा कहीँ कबड्डी त कहीँ डण्डिबियो भन्ने उत्तर पाइन्थ्यो ।
ती खेल नेपालका मौलिक खेल थिए तर विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा समावेश थिएनन् । खेल क्षेत्रमा लागेर यसमै भविष्य देख्न चाहने खेलाडीको उद्देश्य र लक्ष्य ओलम्पिक प्रतियोगितासम्म पुगेर विश्वसामू आफ्नो खेलकौशल प्रदर्शन गरेर उपाधि चुम्नु हुन्छ । त्यही कुरालाई मध्येनजर गर्दै नेपाल सरकारले भलिबललाई नैं नेपालको राष्ट्रिय खेल घोषणा (निर्धारण) गरेको हो ।
त्यतिबेला तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री थिए । उनी भलिबल र एथलेटिक्समा वीरेन्द्रशिल्डका विजेता पनि हुन् । उनी २०३५ सालमै भलिबलका राष्ट्रिय खेलाडी बनेका थिए । साथै खेल संघमा पनि उनी रहे । २०६२ सालमा उनी जिल्ला एथलेटिक्स संघ ललितपुरको सदस्य भएका थिए ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा नेपालको प्रधानमन्त्री हुँदाको बखत मन्त्रिपरिषद्को बैठकमार्फत नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेका हुन् । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । त्यतिबेला तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री थिए । उनी भलिबल र एथलेटिक्समा वीरेन्द्रशिल्डका विजेता पनि हुन् । उनी २०३५ सालमै भलिबलका राष्ट्रिय खेलाडी बनेका थिए । साथै खेल संघमा पनि उनी रहे । २०६२ सालमा उनी जिल्ला एथलेटिक्स संघ ललितपुरको सदस्य भएका थिए । सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।
नेपाल भलिबल एशोसियसन राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएका खेल संघहरुमध्ये निक्कै सक्रिय थोरै संघहरुमा पर्थ्यो र अझै पनि पर्छ । बार्षिक क्यालेण्डर बनाएरै व्यवस्थित रुपमा नेपाल भलिबल संघ प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । राष्ट्रिय खेल बनाएपनि नेपालमा भलिबल खेल्ने सुविधासम्पन्न कवर्डहल धेरै छैनन्। राष्ट्रिय खेलकुद परिषद् परिसर त्रिपुरेश्वरमा एउटा कवर्डहल छ । त्यो बाहेक देशमा अन्य कवर्डहलहरु छैनन् । यद्यपी नेपाल प्रहरी, सशस्त्र, प्रहरी र नेपाली सेनाका भने आफ्नै कवर्डहलहरु छन् । तर कमजोर भौतिक संरचनाका बावजुद भलिबल प्रतियोगिताहरु देशभर नै भइरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् परिसर त्रिपुरेश्वरमा एउटा कवर्डहल छ । त्यो बाहेक देशमा अन्य कवर्डहलहरु छैनन् । यद्यपी नेपाल प्रहरी, सशस्त्र, प्रहरी र नेपाली सेनाका भने आफ्नै कवर्डहलहरु छन् । तर कमजोर भौतिक संरचनाका बावजुद भलिबल प्रतियोगिताहरु देशभर नै भइरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व (सदस्य सचिव) संहाल्दा युवराज लामाले राष्ट्रिय खेल निर्धारण गर्नका लागि प्रक्रिया थालेका थिए । राष्ट्रिय खेलका लागि परिषदमा आवद्ध सबै संघ, सरोकारवाला निकायलाई समेटेर बृहत अन्तर्क्रियासमेत गरिएको थियो । लामापछि राखेपको नेतृत्वमा आएका केशव विष्टले पनि राष्ट्रिय खेल निर्धारणका लागि प्रयासलाई निरन्तरता दिएका थिए । परिषदले भलिवल, तेक्वान्दो लगायतका केही खेलहरुको नामावलीमा एकलाई निर्धारण गर्न खेलकुद मन्त्रालयलाई सुझाव दिएको थियो । यीनै सुझावका आधारमा भलिबल नै नेपालको राष्ट्रिय खेल छानिन पुग्यो ।
आफ्नै पालमा देशको राष्ट्रिय खेल घोषणा भएको भलिबलको प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।
भलिब कस्तो खेल?
भलिबल हातले बललाई हिर्काउँदै दुई टीमहरुबीच खेलिने एक परिचित खेल हो । एक टीममा ६ जना खेलाडी हुने गर्दछन् । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।
भलिबलको उत्पत्ति
फेब्रुअरी ९, १८९५ मा, विलियम जी मोर्गन, होल्योके, मैसाचुसेट्स (संयुक्त राज्य अमेरिका), जो शारीरिक शिक्षा निर्देशक हुन् उनले नै यो नयाँ खेल सिर्जना गरे । उतिबेला यो खेल घरभित्र जतिसुकै खेलाडीको सहभागितामा खेलिन्थ्यो ।
मैदान कस्तो हुन्छ ?
भलिबल खेलको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर भागहरुमा बाँडिन्छ। तत्पश्चात् दुई इन्च (५ सेंम) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारैतिर कम्तीमा तीन मीटर सम्म र उचाईमा ७ मीटरसम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडीतिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (सर्भिस एरिया) भन्छन्।
भलबिल खेलका नियम
भलिबल खेल्दा निम्नलिखित त्रुटिहररुबाट खेलाडिहररु बच्नु पर्छ, अन्यथा यीनै त्रुटिहररु उनको टीमको लागि हारको कारण बन्न जान्छ ।
कम्मरमुनीको कुनै भागले बललाई छुन ।
बललाई हातमामा केही क्षण रोकिनबाट बचाउन, किन भनें यसलाई होल्डिंग मानिन्छ ।
एक पल्ट भन्दा धेर बललाई हिर्काएमाबाट ड्रिबलिंग हुने भय रहन्छ ।
तीन भन्दा बढी पल्ट बललाई एउटै टीमका खेलाडी द्वारा हान्नु लाई गल्ती मानिन्छ ।
दुई व्यक्तिहरूले एक साथ बललाई हिर्काउनु र त्यसबाट आवाज आउनुलाई डबल फाउल भनिन्छ ।
ब्लक गर्दाखेरी जाली ९नेट०लाई कुनैपनि अङ्गले छुनु, या विपक्षी खेलाडीलाई छुनु, या मध्य रेखा पार गरेर विपक्षी क्षेत्रमा जानु आदि त्रुटिमा पर्दछ ।
सर्भिस बलले नेटमा छुनु ।
बल जाली सीमा भन्दा बाहिर आउनु ।
बल सीमारेखा भन्दा बाहिर खस्नु ।
रोटेशन गर्दा खेरी पछिको पंक्तिमा रहेका खेलाडीहरू अग्रिम क्षेत्रमा गएर प्रहार गर्न सक्दैनन्, या गलत ढङ्गले रोटेशन गर्नु, या पछिको पंक्तिको खेलाडीले जालीमा आएर ब्लक गर्नु ।
यदि बल जालीको तलको किनाराबाट भित्र आउँछ भनें त्यसलाई फल मानिन्छ ।
एकै पटकमा दुई पल्ट भन्दा अधिक टाइम आउट (समय माग्नु), या एक मिनेट भन्दा बढी समयसम्म खेललाई रोकीराख्न आदि पनि त्रुटिहरूमा सम्मिलित छन् ।
सर्भिस क्षेत्रबाट सर्भिस नगर्नु या सर्भिस गर्दा खेरी पछिल्लो सीमारेखा छुनु, या पार गर्नु, या ठीक ढंगसँग सर्भिस नगर्नु, यो सबै त्रुटि हुन्छ ।
आफ्नो टीमको सर्भिसको बल अर्को टीमको गल्तीले खसेपछि अथवा बिग्रेपछि मात्र प्वाइन्ट पाइन्छ । यदि आफ्नो सर्भिसको पालामा आफ्नो गल्ती भएमा सर्भिस गर्ने पालो आर्को टीममा जान्छ ।
लेखकबाट अन्य लेखहरु :
‘चौथो अंग’लाई कसले खबरदारी गर्ने?
के हो संक्रमणकालीन न्याय र टीआरसी विद्येयक ?
कमजोर बन्दै गएको माओवादीको बर्गीय सम्बन्ध
खिर खाना मात्र होइन, संस्कृति पनि हो
साउन महिना : शिवजीको महिमा