काठमाडौं । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले ५१ पेज लामाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रदेशवासीकाे आवश्यकता बमाेजिम सीप तथा क्षमता विकास, राेजगारी सिर्जना, आयआर्जन वृद्धि गर्दै जीवनस्तरमा दिगाे सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिकाे माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा विभिन्न किसिमका नाराहरू समेटिएका छन् ।
घरदैलोमा प्राविधिक सेवा:उत्पादनमा टेवा, श्रमकाे सम्मान: लुम्बिनी प्रदेशकाे अभियान, पढ्दै कमाउँदै, कमाउँदै पढ्दै, सीप सिकाैँ दक्ष बनाैँ, उद्योग दर्तामा प्रविधि: लुम्बिनी प्रदेशकाे उन्नति लगायतका नाराहरू समेटिएको छ ।
हेर्नूहोस् पूर्णपाठः