काठमाडौं । नेपाली जनक्रान्ति प्रतिक्रियावादी वर्गसँगको सम्झौता र पुष्पकमल दाहाल (प्रचण्ड) को संसदवादी रुझानले अलमलमा परेको छ । साम्राज्यवाद र विस्तारवादको आढ लिएर प्रतिक्रियावादी शक्तिले संसदमा गतिविधि गरिरहेका पुष्पकमलको धारलाई क्रमशः कमजोर पार्दै लगेका छन् ।
उनको नेतृत्वमा जनयुद्धमार्फत जनताले र सर्वहारा वर्गले पाएका अधिकारहरु असुरक्षित र कमजोर बन्दै गएका छन् । उनले अझै पनि उक्त संसदवादी धार पक्रिन छाडेका छैनन् । उनको हठका कारण नेपाली जनक्रान्तिमा उनको नेतृत्व अहिले पनि विवादमा परेको छ । अन्य नेतृत्वले पनि उक्त क्रान्तिको नेतृत्व लिनसक्ने सम्भावना तत्कालका लागि सम्भव देखिएको छैन ।
प्रचण्डले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न भन्नु पार्टी गुटको सिकार भएको स्वीकारोक्ति हो । बेलाबेलामा यो खबर बाहिरिइ राखेकै थियो । ओरालो लागेको मृग झैं भएका पुष्पकमल अब प्रमुख प्रतिपक्ष पनि हुन नपाउने स्थिति आउँनेछ । यसका लागि अदालत प्रयोग गर्नेछन् र संविधानको धारा ७६ (३) आकर्षित भएको बाहाना गर्नेछन् ।
एमालेलाई बिच्क्यएर प्रमुख प्रतिपक्षी बनाउँनेछन् । उनले यही कुरा बुझेर होला चुनावमार्फत ठूलो बनेर फेरि पनि चलखेल गर्न पार्टी प्रवेशका लागि निवेदन गरिराखेका दलहरुलाई अब चाहिँ प्रवेशको ढोका खोलेका छन् । उनले गुटबन्दी राजनीति र संसदवादी राजनीति रोजेका कारण पार्टी फूट र बिभाजनको स्थितिमा पुगेको हो । यो विषयलाई ढाकछोप गर्न विदेशी शक्तिकेन्द्रले फुटाएको अफवाह फैलाएर आत्मरक्षाको दुस्प्रयास गरिरहेका थिए । अब एकपटक बिद्रोहको नारा बनाएर संसदबाट समाजवादको हावादारी कुरा अघि बढाउनेछन् ।
वलिदानीपूर्वक योगदान गरेका नेता–कार्यकर्तालाई अपमान गर्दै पार्टी अपराधि, तस्कर र दलाल पुँजीपतिलाई बिक्रिका लागि राखियो ।
पुष्पकमलले आफ्ना केही अत्यन्तै स्वार्थी र घृणित व्यक्तिवादी भक्तजनहरूको झुण्ड बनाएर त्यसमार्फत राजनीति गरेकाले उनी खुम्चिने र साँगुरिने स्थितिमा पुगेका हुन् । केही गम्भिर खालका प्रश्न अझै अनुत्तरित नै छन् । उत्तर दिन आवश्यक नठान्लान् तर जनताको दिमागमा वर्गवैरीले भ्रम सृजना गरिराखेका छन् । उक्त भ्रम चिर्न कोही तयारी अवस्थामा छैनन् । सुप्रिमो प्रचण्ड र जनयुद्धका नायकहररुले एउटा जवाफ दिइहाल्नु पर्ने भएको छ । त्यो के भने ‘रअ’का पूर्वप्रमुख आरके यादवले मध्यप्रदेशमा ‘पाहुनाको रुपमा हामीले राखेका मित्र’ भनेका छन् भनेर सिधाकुराले प्रचार गरिरहेको छ ।
पत्याउनै नसकिने उक्त विषयमा किन तुरुन्तै खण्डन भैराखेको छैन? उवेलाको उक्त नेतृत्व कसैले पनि नबोल्नु झनै आश्चार्यको विषय भएको छ । यो सबै नेतृत्वसामु प्रश्न बनिरहेको छ । कि कोही नेता खुसुक्क त्यही शरण लिएझैं गरि त्यहाँ बसेका थिए र पार्टीका सबै सूचनाहरू साम्राज्यवाद र विस्तारवादको सेवामा चढाइरहेका थिए ।
वलिदानीपूर्वक योगदान गरेका नेता–कार्यकर्तालाई अपमान गर्दै पार्टी अपराधि, तस्कर र दलाल पुँजीपतिलाई बिक्रिका लागि राखियो । जब पार्टी पैसामा बिक्छ अनि पुष्पकमल र लार्क्यालको हुनपुग्छ, त्याग र वलिदान गर्नेहरु त वेकम्बा बनाइन्छ र अपमानित गरिन्छ ।
सबैले देखेकै छन्, वलिदानीपूर्वक योगदान गरेका नेता–कार्यकर्तालाई अपमान गर्दै पार्टी अपराधि, तस्कर र दलाल पुँजीपतिलाई बिक्रिका लागि राखियो । जब पार्टी पैसामा बिक्छ अनि पुष्पकमल र लार्क्यालको हुनपुग्छ, त्याग र वलिदान गर्नेहरु त वेकम्बा बनाइन्छ र अपमानित गरिन्छ ।
हाम्रो देशमा कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने सवाल एकदमै जटिल छ । कुनै दलकहाँ अरु दलहरू मिल्न आउँने सम्भावना छैन र कुनै नेतृत्वसँग अरू नेतृत्वहरू मिलेर बस्न आउने सम्भावना छैन । यस्तो किन छ भने यी कुनै पनि दल र नेतृत्व कम्युनप्रति इमानदार छैनन् । नयाँ नेतृत्व, नयाँ दल र नयाँ विचार संश्लेषण आजको आवश्यकता हो । यो देशको वर्तमान अवस्थाको बस्तुवादी ठोस विश्लेषण साथ नयाँ संश्लेषण गरि सचेतपहल लिनु नै अहिलेको आवश्यकता हो ।
यो पनि पढ्नुहोस्,
कमजोर बन्दै गएको माओवादीको बर्गीय सम्बन्ध