काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । कारोबारको सूरुदेखि नै ओरालो लाग्न लागेको बजार अन्तिम समयम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २९.७१ अंकले घटेर परिसूचक २१२६.४८ बिन्दुमा रोकिएको छ ।
२७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १३।१३, विकास बैंक ४७.०५, वित्त कम्पनी ४२.७६, होटल ११९.८३, जलविद्युत २६.०९, जीवन बीमा २२२.६४, उत्पादन तथा प्रशोधन ११३.४५, माइक्रोफाइनान्स ५९.९३, निर्जीबन बीमा समूहको उपसूचक १३८.४२ अंकले घटेको छ ।
कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इमर्जीङ नेपाल, अभियान लघुवित्त वित्तीय संस्था, सिकलेश हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै किसान लघुवित्त वित्तीय, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाईड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ । कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९९६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स र प्रोग्रेसिभ फाइनान्स रहेका थिए ।