काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'ले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संरक्षक बन्न र पार्टीको नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्न लिखित सुझाव दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा प्रभाकरले १४ पृष्ठ लामो लिखित सुझाव पेस गरेर पदाधिकारीलाई सल्लाहकार बनाउन पनि माग गरे ।
अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने,’ शर्माले नेतृत्व पुस्तान्तरण भन्दै लेखेका छन्, ‘हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने।’
उनले अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व र वैचारिक नेतृत्वको जिम्मेवारी दिन पनि सुझाएका छन् ।
‘त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही निम्न विकल्पमा जानुपर्छ,’ उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न, बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने। वा अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने।’
यस्ता छन् जनार्दनले औंल्याएका समस्याः