काठमाडौं । चुनावी प्रक्रियाबाट नेतृत्व चयनको अभ्यास नभएको वर्तमान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक इतिहास हेर्ने हो भने उनी ३६ वर्षदेखि निरन्तर पार्टी अध्यक्ष भइरहेका छन् । चयन र सर्वसहमतिका नाममा माऊ पार्टीका अध्यक्ष र भातृ संस्थाका अध्यक्ष तथा पदाधिकारी तोक्दा पार्टीमा चरम असन्तुष्टि, आन्तरिक लोकतन्त्र फेल र तानाशाही प्रबृत्ति हावि हुँदै गएको छ । माओवादी ‘हेडक्वार्टर’ पेरिसडाँडामा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डलाई सम्मानजनक बहिर्गमनको आग्रह गर्नु यसैको परिणाम हो ।
नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ । विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेताबाट नेतृत्व आउँछ ।
यत्तिले मात्रै यो पार्टीमा अध्यक्ष फेरिने स्थिति देखिँदैन । जनार्दनले हिम्मत गरेर बोले, अव उनी प्रचण्डको आँखाको तारो बन्ने पक्का छ । अव जनार्दनको राजनीति प्रचण्ड र उनको अन्धभक्त गुट र समुहले समाप्त पार्ने सम्भावना पनि उत्तिकै छ । यदि साँच्चै सबै नेतृत्वतहमा बस्नेहरुले भित्रि अत्मादेखिनैं माओवादी पार्टी सुधार्न चाहेका हुन् भने जनार्दनले दिएका सुझाव र बिकल्पहरुमा अन्य नेताहरुले दिमाग घुमाउनै पर्छ । यदि जनार्दनले दिएका बिकल्पहरुमा सहमति छैन, यी भन्दा राम्रा बिकल्पहरु अन्य कुनै नेतासँग छन् भने बैठकमा तर्क र बिकल्पहरु राख्ने हिम्मत गर्नुपर्छ । पार्टीले चुनावमा हार्दे, खुम्चिँदै, जनाधार खच्किँदै गएको महसुश गर्ने तर नेतृत्वको आलोचना गर्न डराउने हो भने माओवादी पार्टी झन अधोगतिमा जाने निश्चित छ ।
स्थायी कमिटी बैठकमा उपमहासचिव हरिवोल गजुरेलले पनि माओवादी पार्टी दिनानुदिन कमजोर हुँदै गएको हुनाले पदाधिकारीहरु सबैले अत्माआलोचना गर्दे राजीनामा दिएर नयाँ शिराबाच सोच्नुपर्ने विचार व्यक्त गरेका थिए । उनले त्यस्तो विचार व्यक्त गर्दा कतिले उनलाई माओवादी पार्टी छोड्दैछन्, उनी एमालेमा जाँदैछन् भन्ने अरोप समेत लगाए । तर के माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता अझै पनि छैनन् त? यो प्रश्न यतिबेला जवर्जस्त रुपमा तेर्सिएको छ ।
माओवादीमा अध्ययनशील, राष्ट्रिय, अन्तराष्ट्रिय स्थिति, परिस्थिति जानेका, बुझेका, वर्तमान राजनीति र भावि राजनीतिको रणनीति एवम् कुटनीति बुझेका, विश्लेषण र कार्यान्वयन गर्न सक्ने, जान्ने र २१ औंँ सताब्दिको जनवाददेखि समाजवाद, माक्र्सवाद, लेनिनबाद, माओवाद साम्यवाद सबै बुझेका नेताको अभाव छैन । तर पनि विगत १५–२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि बढ्न सकेको छैन । यहाँ नियुक्ति, मन्त्री, पद, सांसद, मेयर, उपमेयर, गुट, आफ्ना नातागोताकै लागि नेताहरु रमाउने र भुलिने गरेकाले सिद्धान्त केवल देखाउने दाँत मात्र बनेको छ ।
आफूले भनेको पद नपाएकै कारण नेतृत्वमाथि प्रश्न उठाउने प्रबृत्ति पनि माओवादी पार्टीमा हावि हुँदै गएको छ । यीनै कारणले नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएका हुन् । नेता कहिले पनि अंश दिएर हुने होइन । त्यसरी त शिष्य मात्रै हुन्छन् । नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ । विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेताबाट नेतृत्व आउँछ ।
विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए । दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् । दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे । वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन् । माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन् । प्रचण्डका समकक्षी नेताहरु माओवादीबाट बाहिरिँदा लामो समयसम्म माओवादीमा प्रचण्ड नैं अध्यक्ष रहनु परेको छ भने, प्रचण्ड पनि सितिमिति तरिकाले नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन । अहिले जसरी जनार्दन शर्मा नतृत्वको बिरुद्धमा बिकल्पसहित प्रस्तुत भएका छन् यो भने स्वागतयोग्य नै छ । चाकरी गरेर होइन, वैचारिक बहस गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ भन्ने जनार्दनको शैली मौलिक र भिन्न छ ।
यसअघि हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरुले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो । यसपलि भने माओवादीका हिम्मतिला नेताहरुले बिरालोको घाँटीमा घण्टी पक्कै पनि बाँध्ने छन् । जनार्दनको प्रस्तावमा माओवादीभित्रको नाराणकाजी श्रेष्ठ समूहको पूर्वजनमोर्चा समूहले कत्तिको साथ दिन्छ त्यो भने हेर्न बाँकी नै छ । ([email protected])
यो पनि पढ्नुहोस्,
के हो संक्रमणकालीन न्याय र टीआरसी विद्येयक ?
कता हरायो समाजवादी मोर्चा ?
‘चौथो अंग’लाई कसले खबरदारी गर्ने?