काठमाडौं । चुनावी परिणामले तेस्रो दलका रुपमा निर्धारण गरिदिएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक ‘हेडक्वार्टर’ पेरिसडाँडामा जारी छ । यस पटकको बैठकमा माओवादीका उपमहासचिवद्वय हरिवोल गजुरेल र जनार्दन शर्माले राखेका मत चर्चाको शिखरमा छन् । पहिला हरिवोल गजुरेलले माओवादी पार्टी नेतृत्वतहबाटै बिग्रेकाले सबै पदाधिकारीहरुले राजीनामा दिनुपर्ने तर्क राखे । उनले आफूलाई अध्यक्ष प्रचण्डले राजीनामाका लागि अनुमति दिन्छन् भने आफू सबैभन्दा पहिले राजीनामा दिन तयार रहेको बताए । गजुरेलको यो भनाई सुनेर कतिपयले त हरिवोलले माओवादी पार्टी छोड्दै छन्, उनी एमालेमा जाँदैछन् भन्नसमेत भ्याए । त्यसोत हरिवोल गजुरेलले निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयको हेपाहा र हस्तक्षपकारी कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीतिक सल्लाहकारबाट पनि राजीनमा दिएका थिए । यी दृष्टान्तहरु हेर्दा हरिवोलमा पदलोलुपता छैन, उनी त्यागी नेता हुन् भन्ने सन्देश बाहिर आएको छ ।
त्यसैगरी अर्का उपमहासचिव एवम् पटक–पटक मन्त्री भएका जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डमाथि नैं औंला उठाए । उनले पार्टीप्रति जानाधार कमजोर बन्दै जानुमा अध्यक्ष प्रचण्डको अक्षमता रहेको भन्दै उनलाई राजीनामा दिन तीन बिकल्पहरु दिए । प्रचण्डले चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउने, केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी बनाउने वा प्रचण्डले सरकारको मात्र नेतृत्व गर्ने सांगठनिक नेतृत्व अर्केलाई दिने ।
जनर्दन शर्माले पार्टी सुधारका लागि दिएका यी तीन बुँदामा सबै नेताहरुले कि त खुलेर बहश गर्नुपर्छ कि त कुनै नेतासँग यी भन्दा अन्य कुनै तार्किक बिकल्पहरु छन् भने बैठकमा पेश गर्नुपर्छ । एउटै व्यक्ति तीन दशकभन्दा बढि पार्टी अध्यक्ष बन्दा, उसलाई इश्वरीकरण गर्दा, नेतृत्वको गलत कार्यशैलीका बारेमा खुलेर बहस, छलफल नगर्दा र नेतृत्वले गरेको गल्तीलाई केही अन्धभक्तहरुले ढाकछोप गर्दा माओवादी केन्द्र आजको रक्षात्मक अवस्थामा पुगेको सबैले स्वीकार्न हिच्किचाउनु हुँदैन ।
लेकतन्त्रका ठूला गफ दिने जो कोहीले आफ्नो दलभित्र भएका नातावाद, कृपावाद, परिवारवाद आदिको अन्त्य गर्न सक्नुपर्छ । पार्टीभित्र मुन्टो उठाउने गुटवाद, तानाशाह, अधिनायकत्वको जरैदेखि निमोठ्न जरुरी छ । यहाँभित्र मौलाएको ठेकेदारी, तस्करी, ठगी, टिकेप्रथा आदि निमिट्यान्नै पार्नका लागि पनि अव हिम्मतिलो नयाँ नेतृत्व आउन जरुरी छ ।
अहिले प्रेस सेन्टरमा उनीहरुले नै चरम गुटबन्दी गरिरहेका छन् । पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवार चयनमा आफूहरुजस्तै गैरपत्रकार छान्ने, संगठनले दिने पुरस्कारमा राम्रो भन्दा पनि आफ्नो खल्तिका मान्छे छान्ने, सरकारी नियुक्तिका लागि कुन पात्रले होटल र क्याफेमा लगेर कफि र झम्केझोल खुवाउँछ उनीहरुलाई सिफारिस गर्ने, त्यस्ता अक्षम पात्रलाई अपारदर्शी ढंगले बोकेर सिफारिसका लागि सुटुक्क खुमलटार पुर्याएर अध्यक्ष प्रचण्डलाई भुलभुलैमा पार्ने काम हुँदै आएको छ ।
माओवादीभित्रका अनेक गुटहरु अन्त्य गर्नका लागि माऊ पार्टीमा मात्र नभई हरेक भातृ संस्थामासमेत मतदानको प्रकृयाबाट अध्यक्ष, पदाधिकारी र सम्पूर्ण कार्यसमिति चयन गर्न जरुरी छ । टिके प्रथा अन्त्य नहुँदासम्म सक्षम व्यक्ति नेतृत्व तहमा आउँदै सक्दैन । उदाहरणका लागि मनोनयन र सहमतिका नाममा माओवादीको भातृ संस्था प्रेस सेन्टर अहिले चरम गुटबन्दीबाट गुज्रिरहेको छ । यहाँ बिधि, पद्धति, प्रकृया केही लागू हुँदैन ।
जसरी प्रेस सेन्टरका अध्यक्ष, उपाध्यक्ष (जो अहिले प्रेस सेन्टरको उपत्यका प्रदेश इन्चार्ज समेत छन्) र महासचिव जो प्रचण्डको इच्छाइएका व्यक्ति हुन् र खुमलटार पुगेर उनीहरुले अध्यक्षको बरदान लिएर करिव दुई वर्ष अघि प्रेस सेन्टरमाथि तानाशाही ढंगले शासन गरिरहेका छन् । अहिले प्रेस सेन्टरमा उनीहरुले नै चरम गुटबन्दी गरिरहेका छन् । पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवार चयनमा आफूहरुजस्तै गैरपत्रकार छान्ने, संगठनले दिने पुरस्कारमा राम्रो भन्दा पनि आफ्नो खल्तिका मान्छे छान्ने, सरकारी नियुक्तिका लागि कुन पात्रले होटल र क्याफेमा लगेर कफि र झम्केझोल खुवाउँछ उनीहरुलाई सिफारिस गर्ने, त्यस्ता अक्षम पात्रलाई अपारदर्शी ढंगले बोकेर सिफारिसका लागि सुटुक्क खुमलटार पुर्याएर अध्यक्ष प्रचण्डलाई भुलभुलैमा पार्ने काम हुँदै आएको छ ।
विद्यार्थी, मजदुर, वाईसीएल, जनसाँस्कृतिक महासंघमा पनि उस्तै गुट छन् । यी सबै हुनुको मुख्य कारण माओवादीभित्र हुर्किएको टिकेप्रथा नै हो । यो अध्यक्ष प्रचण्डको कमजोरी र लापरबाहीपना हो ।
तसर्थ माओवादी पार्टीलाई पारदर्शी, सक्षम, योग्य, परिणाममुखि बनाउँदै भुइँमान्छेको सेवक बनाउने हो भने जनार्दन र हरिवोलले उठान गरेका विषयहरुलाई गम्भीरतापूर्वक लिन जरुरी छ । यी दुई नेताहरुले फरक मत राखे भन्दैमा उनीहरुलाई नेतृत्वले पेल्ने, हेप्ने र बहिस्करणमा पार्ने दुस्साहस यदि माओवादी पार्टीले गर्यो भने यो प्रचण्डहरुका लागि निकै महंगो साबित हुन सक्छ । माओवादी पार्टी भित्र नीतिका बारेमा धेरै पटक बहस र छलफलहरु भए । यसपटक भने गम्भीर रुपले नयाँ नेतृत्व (अध्यक्ष) फेर्ने बारेमा छलफल प्रारम्भ भएको छ, यो निकै स्वागतयोग्य विषय हो । यदि माओवादीले नयाँ र सक्षम नेतृत्व चयन ग¥यो भने प्रचण्ड र उनको गुटबाट अपहेलित भएर अन्य पार्टीमा लागेका नेताहरु पनि पुनः माओवादी केन्द्रमै फर्किन सक्ने सम्भावनातर्फ पनि ठण्डा दिमागले सोच्न जरुरी छ । ([email protected])
यो पनि पढ्नुहोस्,
के माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता छैनन् ?
कमजोर बन्दै गएको माओवादीको बर्गीय सम्बन्ध