काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभा बैठकमा पेश गरिएको छ ।
बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् ।
प्रतिनिधि सभाले विधेयकलाई समितिमा छलफलका पठाएको थियो । विधेयक साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेश गरेका थिए । सभापति सिंहले कतिपय विकासका आयोजनाहरू राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए ।
उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरूको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिँदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनु लगायत यावत समस्या रहेका जानकारी गराए ।
आर्थिक वर्षको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन २०८१ पेश गरे ।
बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरूको नाम हेरफेर भएको जानकारी गराएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक साउन ३० गते दिउँसो १ बजे बस्नेछ ।