काठमाडौं ।, बंगलादेशमा चिकित्सा शिक्षा (एमबीबीएस र बीडीएस) अध्ययनरत नेपाली विद्यार्थीहरुको इन्टर्नसीप नेपालमै गराउने विषयमा समिति गठन गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो।
समितिको सदस्यहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि, परराष्ट्र मन्त्रालय प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डीन, त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक रहनेछन्। समितिको सदस्य सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रहनेछन्।

समितिले बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुको विवरण तयार गर्नेछ। त्यहाँको अहिलेको अवस्था र समस्या पहिचान गर्नेछ। समितिले अवस्था र सरकारले गर्नुपर्ने कार्यहरुसहित १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।
त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमध्ये इन्टर्नसीपको चरणमा रहेका विद्यार्थीहरुलाई नेपालमा नै बाँकी रहेको अवधीको इन्टर्नसीप गर्ने गराउने वा अन्य वैकल्पिक उपाय सिफारिस गर्नेछ। जसका लागि नेपाल सरकार, बंगलादेश सरकार र सरोकारवाला निकायसँग समन्वय गर्नुपर्नेछ।
बंगलादेशमा कोटाबिरोधी विद्यार्थी आन्दोलनका कारण सेख हसिनाको सरकार ढलेको छ। नयाँ अन्तरिम सरकार बनाइएको छ। हिंसा अहिले पनि साम्य भइसकेकव छैन। जसले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित भएको छ।