काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति सम्झौता, सेना समायोजन र हतियार व्यवस्थापन गर्दा आफ्नो पार्टी फुटेको बताएका छन् ।
बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक संसदले पारित गर्नुअघि शीर्ष नेताहरूले बोल्ने क्रममा प्रचण्डले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन, सेना समायोजन नेतृत्वले जोखिम उठाउँदा सहज भएको तर आफ्नो पार्टी फुटेको बताए ।
'मैले रातारात, भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्यो, सेना समायोजन हुन पर्यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो,; उनले भने।
'एउटामात्रै क्षति मैले र मैले नेतृत्व गरेको पार्टीले ब्यहोर्नुपर्यो,' उनले भने, 'सेना समायोजन, हतियार व्यवस्थापनको नेतृत्व गरेबापत मेरो पार्टी विभाजित भयो। निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो तर देश बँच्यो। शान्ति स्थापित भयो, मलाई गर्व छ,' उनले भने।