काठमाडौं । कक्षा ९ मा पढ्दा राजनीतिक कारणले भूमिगत भएका, जागिर खाँदा माओवादीको अपहरणमा परि जंगलमा बसेका एक पात्र हुन् यज्ञ ओली ।
निजामती कर्मचारी युनियनको खुला केन्द्रीय उपाध्यक्ष ओली शहरी विकास तथा भवन कार्यालय, काठमाडौंमा छैटौँ तहको अफिसर हुन् । ओलीको जीवनलाई नजिकबाट नियाल्दा मेरो मनले एकाएक भन्यो ‘जीवन भनेको वास्तवमै यात्रा रहेछ ।’
विद्यालयको झगडाले उग्र रुप लिएपछि पुगे नेपालगन्ज
दाङ जिल्लाको बबई गाउँपालिका (साबिक पुरन्धारा गाविस वडा नम्बर ६, सितापुर)मा सामान्य किसान परिवारमा जन्मिए-हुर्किएका हुन् यज्ञ ओली । घरबाट २५ मिनेटको दूरीमा रहेको जनता मावि हंसपुरमा प्राथमिक तहबाट अध्ययन सुरु गरी २०५२ सालमा एसएलसी पनि सोही स्कुलबाट उत्तीर्ण भए ।
विद्यालय स्तरबाटै राजनीतिक माहौलसँग साक्षात्कार भएका ओली अहिले पनि आफ्नो जीवनका कुनै-कुनै घटना सम्झिएर रोमाञ्चित हुन्छन् । तिनै घटनाहरूमध्ये एक अविस्मरणीय घटना हो २०५० सालको रेडक्रसको चुनाव ।
उनी कक्षा ९ मा अध्ययन गर्ने क्रममा विद्यालयमा चुनावी हावा चलेको थियो । रेडक्रसको चुनाव अन्तर्गत अनेरास्ववियु र नेविसंघ आमनेसामने भएका थिए । चुनावको दिन उठेको सानो विवादले विकराल रुप लिँदा गाउँ-गाउँमा झगडा भएको घटना उनको मस्तिष्कमा ताजै छ । किनभने त्यसको बिउ उनी स्वयं थिए ।
आफूहरूलाई जंगलै जंगलको बाटो हिँडाएर सुर्खेतको कुनै जंगल पुर्याएको हुनसक्ने अहिले उनी अनुमान लगाउँछन् । उनी भन्छन्, ‘जंगलको बाटो र ग्रामीण भेग हुँदै हिँड्यौँ । बाटामा रेडियो पनि बज्दैन थ्यो ।’
विद्यालयका शिक्षक प्रसाराम भुसालले चुनावमा नेविसंघको तर्फबाट यज्ञका भतिज नेबबहादुर ओलीलाई उम्मेदवार बनाएका थिए । चुनावमा यज्ञको औँलामा रेजा(मसीको संकेत) लगाउन शिक्षक प्रसारामले बिर्सिए । जसकारण उनले दुई पटकसम्म भोट दिन पाए । उक्त विषयबारे विपक्षीलाई ज्ञात भएपछि विवाद सुरु भयो । विवाद बिस्तारै लडाइँमा परिणत भयो । अखिल र नेविसंघको लडाई बढ्दै जाँदा शिक्षक-विद्यार्थी दुई भागमा विभाजित भए ।
हानाहान नै सुरु भयो । उनी र शिक्षक पर्साराम विपक्षीको केन्द्रबिन्दु बनेका थिए । लडाइँ सजिलै रोकिएन, स्कुलको लडाइँ भूगोलको लडाइँमा परिणत भयो । विवाद गाविसमा रहेको सल्लिकोटको डाँडा वारी हंसपुर र पारी हापुरेको झगडामा परिणत हुन पुग्यो ।
परिस्थितिको माग अनुसार यज्ञपनि लडाइँमा होमिए । भूगोलको लडाइँले ठुलो कोकोहोलो मच्चियो र २२ दिन विद्यालय बन्द भयो । त्यो समय आफू एक महिना नेपालगन्ज गएर लुक्नु परेको उनी सुनाउँछन् । यसरी एउटा चुनावका कारण उनी राजनीतिसँग जोडिए ।
यज्ञले कोहलपुर बसेर ०५५ सालमा बागेश्वरी बहुमुखी क्याम्पसबाट आइए पास गरी उनी ०५६ सालमा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट बिएडको अध्ययन सुरु गरे । स्नातक तहको अध्ययन गरिरहेकै समय ०५७ सालमा उनले निजामती क्षेत्रमा पाइला राखे । जसले पढाइलाई केही समय अवरोध गर्यो । समय र परिस्थितिको अनुकूलता मिलाएर ०६२ सालमा उनले बिएडको अध्ययन पुरा गरे ।
जागिर खाँदै पढाइलाई पनि निरन्तरता दिएका उनले ०६७ सालमा राजनीति शास्त्रबाट स्नातकोत्तर पास गरेका हुन् । यज्ञले विद्यालय तहपछि पार्टीगत राजनीति भने गर्न पाएनन् । निजामती कर्मचारी भएकाले क्याम्पस तहमा पनि उनी नेविसंघसँग जोडिएर राजनीतिमा लाग्न पाएनन् । यद्यपि पेशागत कर्मचारी युनियनमा भने उनी सक्रिय रहने गरेका छन् ।
बोर्डिङ स्कुलदेखि निजामती कर्मचारी यात्रा
यज्ञको परिवारमा सरकारी जागिर खाने कोही थिएन । परिवारको मुख्य पेसा कृषि थियो । बुवा गरिभान ओली र आमा रुपी ओलीका ८ सन्तानमध्ये उनी मात्र सरकारी जागिरे हुन् । अन्य दाजुभाइ किसानी तथा विभिन्न व्यवसायमा आबद्ध छन्।
ब्याचलर पढ्दै गर्दा ५५ सालतिर उनी बोर्डिङ स्कुल चलाउँथे । भतिज नेबबहादुर ओली र मिल्ने साथी हरि बुढाथोकी मुखिया भएपछि उनलाई पनि सरकारी कारिन्दा हुने रहर जाग्यो । ०५६ सालको दसैँमा घर गएको बेला दाइ नाता पर्ने नोखीराम ओली, भतिज र साथीबाट लोकसेवा पढ्ने सल्लाह पाएपछि साथीलाई स्कुल जिम्मा दिएर उनले पढ्ने निधो गरे ।
चिल्ड्रेन्स प्याराडाइज नाम गरेको उक्त बोर्डिङ स्कुल अहिले पनि सञ्चालनमा छ । यद्यपि बोर्डिङमा अहिले उनको कुनै संलग्नता भने छैन ।
दुई महिना सुर्खेत बसेर लोकसेवाको पाठ्यक्रम अनुसार तयारी गरी पहिलो पटक परीक्षा दिएको उनी सम्झिन्छन् । खरिदार पदका लागि ०५६ साल वैशाखमा उनले दाङबाट लोकसेवा दिएका हुन् । लोकसेवाको पहिलो परीक्षामै उनी सिफारिस भए ।
रोल्पाबाट काठमाडौंसम्म
उनको निजामती यात्रा २०५७ साल असोज ९ गते रोल्पाबाट सुरु भयो । रोल्पाको गेदबाङ गाविसमा उनी गाविस सचिवको पद सम्हाल्न पुगेका थिए । रोल्पामा केही समय सेवा दिएपछि ०५८ सालमा उनको यात्रा सल्यानको काप्रेचौर पुग्यो ।
सल्यानको बसाइँले उनको जीवनमा सम्झिरहने केही उपहार यादको रुपमा दियो । निजामती सेवामा विभिन्न जिल्लाको अनुभव बटुलेका उनी हिमाल-पहाड, दुर्गम-सुगम विभिन्न स्थान पुगेका छन् । तर काप्रेचौर गाविसमा बिताएको समय सम्झिँदा अहिले पनि उनको शरीरमा काँडा उम्रन्छ । ती दिन सम्झँदै उनी भन्छन् ‘अहिले सम्झिँदा सपना जस्तो लाग्छ ।’
तत्कालीन राजा वीरेन्द्रको हत्या र आफू माओवादी अपहरणमा परेको त्यो समयको बयान उनले लामो श्वास तान्दै सुनाए । काप्रेचौर गाविसमा उनी सचिवको पद सम्हाल्न भर्खर भर्खर पुगेका थिए । गाविस अध्यक्षको मृत्यु भएको हुँदा झक्रमान रोक्का कार्यवाहक अध्यक्ष भई कार्य सम्पादन गरिरहेका थिए ।
दाङमा पनि माओवादीले उनीसहित गाविस अध्यक्षलाई धम्क्याएपछि माहौल भयभीत बनेको थियो । उनी भन्छन्, ‘हामी २५ दिन लुक्न बाध्य भयौँ ।’
यसैबीच एकदिन माओवादी कार्यकर्ता झक्रमानलाई अपहरण गर्न आए । यज्ञ झक्रमानसँगै बसिरहेका थिए । सँगै बसेको देखेर झक्रमानलाई लिन आएका माओवादीले उनलाई पनि लिएर गए ।
जेठ १७ गतको त्यो दिन । आफूहरूलाई जंगलै जंगलको बाटो हिँडाएर सुर्खेतको कुनै जंगल पुर्याएको हुनसक्ने अहिले उनी अनुमान लगाउँछन् । उनी भन्छन्, ‘जंगलको बाटो र ग्रामीण भेग हुँदै हिँड्यौँ । बाटामा रेडियो पनि बज्दैन थ्यो ।’
एउटा गन्तव्यमा पुगेपछि उनीहरू रोकिए । माओवादीले अध्यक्षसँग केही विषयमा सोधपुछ गरेर अलिअलि हातपात पनि गरे । तर गाविसमा यज्ञ भर्खर नियुक्त भएकाले यज्ञलाई भने दुर्व्यवहार गरेनन् ।
जंगलमै रहेकाले जेठ १९ गते भएको दरबार हत्याकाण्डबारे पनि उनले ढिलो थाह पाए । माओवादी कार्यकर्ताको मुखबाट उनले जेठ २० गते राजदरबार हत्याकाण्डबारे सुन्न पाएका थिए ।
माओवादीहरूले ‘तिमीहरूको राजालाई पनि हामीले मारिदियौँ, अब पुरै हाम्रो कब्जा भयो’ भन्दा उनी झसंग भए । केही समय विश्वास नमाने पनि बिस्तारै विश्वास लागेको उनी बताउँछन् । यज्ञ भन्छन्, ‘केही समयपछि मलाई हो जस्तै लाग्यो । राजालाई पनि मारे भन्छन्, कब्जा गरे कि क्या हो भन्ने भयो ।’
छिन्चु बजार नजिक लगेर यज्ञलाई जेठ २२ गते छोडियो । अध्यक्षलाई भने जेठ २९ गते मात्र छोडेको उनी सम्झिन्छन् । आफ्नो जीवनमा घटेको यो घटना उनी कहिल्यै बिर्सन नसक्ने बताउँछन् ।
सल्यान जिल्लाबाटै उनले कर्मचारी युनियनको यात्रा सुरु गरेका हुन् । तत्कालीन अवस्थामा कर्मचारी संघमा आबद्ध भएर यात्रा सुरु गरेका उनले कर्मचारी युनियनका विभिन्न समितिमा रहेर काम गरेका छन् । ब्याचलर पढ्दै कर्मचारी भएर काम गर्दागर्दै ०५९ सालबाट ट्रेड युनियनमा लागेका उनलाई सुरेश अधिकारीले जिल्ला सदस्य बनाएका थिए ।
खरिदार पदका लागि ०५६ साल वैशाखमा उनले दाङबाट लोकसेवा दिएका हुन् । लोकसेवाको पहिलो परीक्षामै उनी सिफारिस भए ।
सल्यानबाट ०६० सालमा उनी दाङतिर हिँडे । दाङमा पनि माओवादीले उनीसहित गाविस अध्यक्षलाई धम्क्याएपछि माहौल भयभीत बनेको थियो । उनी भन्छन्, ‘हामी २५ दिन लुक्न बाध्य भयौँ ।’
त्यो त्रासपूर्ण परिस्थिति पार गर्नासाथ उनले गाविस सचिव छोड्ने निर्णय लिए र ०६१ सालमा मुगुको जिल्ला प्राविधिक कार्यालयमा खरिदार पद सम्हाल्न पुगे । मुगुको केही समयको बसाइपछि उनी त्यही सालको कार्तिकमा दैलेखको एउटा गाविसमा सचिव भएर गए ।
त्यसपछि २०६४ सालमा बर्दिया जिल्लाको तत्कालीन मोतीपुर गाविस (अहिलेको बाँसगढी नगरपालिका)मा गाविस सचिवको पद सम्हाल्न उनी बर्दिया गए । युनियनको तर्फबाट बर्दिया जिल्ला कार्य समितिमा पनि बसेर उनले काम गरे । बर्दियाको बसाइपछि बाँकेको बसाई जुर्यो ।
०६६ सालमा बाँकेको कचनापुर गाविसको सचिव भएर गएका यज्ञले बाँके जिल्ला कार्य समितिको सचिव भएर समेत काम गरे । ०६८ सालमा कर्मचारी युनियन दुई टुक्रा भई कर्मचारी संघ र युनियन भयो । त्यसबेला उनी कर्मचारी संघको केन्द्रीय सदस्य भए ।
बाँके जिल्लाबाट ०६९ सालको मंसिरमा उनी केन्द्रीय सदस्य भएर काठमाडौं प्रवेश गरेका हुन् । निजामती तर्फ उनी यातायात व्यवस्था विभाग मीनभवनमा नायब सुब्बाको पद सम्हाल्न आएका थिए । ०७० सालमा पूर्णबहादुर खड्काको पहलमा कर्मचारी संघ र युनियन एक भए । उनी त्यसको केन्द्रीय सदस्य भए ।
०७४ सालमा चितवनमा ७ औं महाधिवेशन हुँदा उनी केन्द्रिय सचिव र ०७८ मा काठमाडौंमा भएको ८ औं महाधिवेशनमा उनी खुला केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । कर्मचारी ट्रेड युनियनमा जिल्ला कार्य समिति हुँदै अहिलेको अवस्थामा उनी आइपुगेका हुन् ।
कर्मचारीको आवाज उठाउन युनियन
केही उच्च प्रशासकले युनियन चाहिँदैन, युनियनले हामीलाई काम गर्दा हस्तक्षेप गर्यो भन्ने गरेकोमा उनी चिन्ता व्यक्त गर्छन् । कर्मचारीलाई आइपरेको विषम परिस्थितिमा कोही पनि नबोल्दा ट्रेड युनियनले आवाज उठाउने गरेको उनी बताउँछन् ।
कुनैपनि स्थानमा कर्मचारीहरूमाथि प्रहार हुँदा कर्मचारी ट्रेड युनियन नै संगठित भएर आवाज उठाउने गरेको उनको भनाई छ । वृत्ति विकास र सुशासनको विषयमा पनि युनियनले आवाज उठाउने गर्छ । उनी भन्छन् ‘युनियनको अभियान नै सुशासनको कुरा गर्नु रहेको छ ।’
युनियनको अभियान कर्मचारीले दिने सेवा जनमैत्री हुनुपर्ने, जनताप्रति उत्तरदायी हुनुपर्ने रहेको उनी बताउँछन् । उच्च पदस्त कर्मचारीदेखि सामान्य पदका कर्मचारीसम्म सबैको साथमा युनियन सधैँ उभिने उनको दाबी छ ।
रिटायर्ड जीवन गाउँमै
संयुक्त परिवारमा हुर्किएका यज्ञका ५ जना दाजुभाइ र ३ दिदीबहिनी छन् । त्यतिबेलाको सामाजिक संरचना र अहिलेको सामाजिक संरचनामा धेरै फरक रहेको उनी बताउँछन् । माओवादी द्वन्दपछि सामाजिक संरचना धेरै परिवर्तन भएको र मान्छे सहरमुखी हुने, वैदेशिक रोजगारीमा जाने लगायतका कुरा बढिरहेको उनको बुझाई छ ।
परिस्थितिको माग अनुसार यज्ञपनि लडाइँमा होमिए । भूगोलको लडाइँले ठुलो कोकोहोलो मच्चियो र २२ दिन विद्यालय बन्द भयो । त्यो समय आफू एक महिना नेपालगन्ज गएर लुक्नु परेको उनी सुनाउँछन् ।
जागिर खाँदै गर्दा बजारमा घर बनाउने कल्पना समेत गरेका थिएनन् यज्ञले । उनी गाउँमै बस्ने रहर गर्थे । थोरै जग्गा खरिद गर्ने, ट्र्याकटर किन्ने, खेतीपाती गर्ने, कार्यालय जाने-आउने सामान्य कल्पना उनको मनले गर्थ्यो ।
अहिले गाउँ-गाउँमा पनि यातायात, विद्युत् आदिको सुविधा पुगेको छ । दुई छोरा र एक छोरी सहित ३ सन्तानका पिता यज्ञ आफ्नो निवृत्तिपछिको जीवन गाउँमै समाजसेवा, राजनीतिसँग जोडिएर बिताउने सोचिरहेका छन् ।