रुकुम पश्चिमको । बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा रहेको पुमा खोलामा पुल नहुँदा यहाँका सर्वसाधारणले सास्ती पाउँदै आएका छन्।
हिउँदमा खोला तरेर आवतजावत हुने अवस्था भएतापनि बर्षायाममा पानीको मात्रा बढ्दा आवतजावतमा समस्या हुने गरेको छ । यतिबेला खोलामा रहेको कल्भर्ट भन्दा माथीबाट खोला बग्न थालेपछि यातायातका साधनहरु समेत अवरुद्ध हुने गरेका छन् ।
यहि खोलाले गर्दा कहिले मान्छे बगाउने, गाडि बगाउने गरेको स्थानीयको भनाई रहेको छ । बाँफिकोट गाउँपालिका –२ निवासी सीता दाहालले हरेक बर्ष पुमा खोलाले जनतालाई दुख दिने गरेको जानकारी दिइन् । ‘कहिले मान्छे बगाउँछ, कहिले गाडि बगाउँछ’ उनले भनीन्, ‘हाम्रा बालबच्चाहरु राम्रोसँग स्कुल जान पाउँदैनन् ।’ बच्चाबच्चिहरु खोलाले बगाउने डरले विद्यालय पठाउन नसकिएको उनले जनाइन् ।
बाँफिकोट गाउँपालिका वडा नम्वर –१ की निर्मला नाथले हरेक बर्षामा पुमा खोलाले स्थानीयको दैनिकी कठिनाई बनाईरहेको बताइन् । उनले ससाना नानीबाबुहरु स्कुल जाने बाटोमा खोला बढेको तर पुल नभएको जनाउनुहुँदै जोखिमपूर्ण अवस्थामा खोला तर्नु परेकोले जीउधन नै असुक्षित रहेको उल्लेख गरीन् ।
बाँफिकोट गाउँपालिका १ का बालकृष्ण गौतमले गत वर्ष एक जना मान्छे बगाएको र यस पटक तीन चार पटक मालबहाक गाडि फसेर क्षती बेहोर्नुपरेको जानकारी दिइन । तत्काल सरकारको ध्यान गएर खोलामा पुल बनेमा ठुलो राहत हुने उनको भनाई छ ।
गौतमले खोलाकै कारण यहाँका सर्वसाधारणहरुले जिल्ला सदरमुकाम खलङगा, गाउँपालिकाको केन्द्र, छिनेखेतमा रहेको बजार, रुकुमपूर्वको रुकुमकोट आउजाउमा सास्ती पाईरहेको उल्लेख गरीन ।
कर्णाली प्रदेश सरकारले भने चालु वर्षमा यस खोलामा पक्कि पुल निर्माणका लागि बजेट बिनियोजन गरेको जनाएको छ । प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको पहलमा एक करोड ८० लाख रुपियाँ बिनियोजन भएको बताईएको छ ।
बाँफिकोट गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष धनबहादुर खड्काले खोलामा पुल नहुँदा ठुलो समस्या झेल्नु परेको जनाउनुभयो । खोलाले मान्छे, गाडी, पशुचौपाया बगाउने गरेको समेत उनले उल्लेख गरीन ।
यस खोलामा पुल नुहँदा वडा नम्वर १ बाट वडा नम्वर २ मा रहेको जनकल्याण माविमा पढ्न जाने र वडा नम्वर २ बाट वडा नम्वर १ मा रहेको जनभावना आविमा पढ्न जाने बालबालिकाहरुलाई समस्या भईरहेको वडा अध्यक्ष खड्काले जानकारी दिइन । यसै वर्ष टेन्डर भएर पुल निर्माणको प्रक्रियामा जाने आशा रहेको उनले बताईन ।
यस खोलामा पुल बनेमा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका १ र २ का साथै रुकुमपूर्वको ३ र ४ का स्थानीयलाई आउजाउनमा सहज हुने स्थानीयको विश्वास रहेको छ ।