काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म २१० जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २१० जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा २७२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १०१ जना गरी जम्मा २१५ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चितम प्रदेशमा १ जना गरी ५२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीका कारण जम्मा ४०८ घर डुबानमा परेका छन् । ३६५ वटा घर, १२६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९७२ वटा पशु चौपायको मृत्यु भएको छ । विपदका घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका छन् ।