काठमाडौं । मुख्य सचिव एक नारायण अर्यालले पद बहाली गरेका छन् । नेपालका सरकारका मुख्य सचिव अर्यालले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका हुन् । पद बहालीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका सचिवहरूले २७ औँ मुख्य सचिव अर्याललाई भव्य स्वागत गरेका छन् ।
सरकारले बिहीवार गृह मन्त्रालयको सचिव रहेका अर्याललाई वरिष्ठ सचिवहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । सम्बन्धित समाचार मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
नवनियुक्त मुख्य सचिव अर्यालले शुक्रवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर नियुक्ति पत्र बुझी सकेका छन् ।
सम्बन्धित समाचार नवनियुक्त मुख्य सचिव अर्यालले बुझे पत्रनेतृत्वदायी भूमिकामा अग्रणी मानिने अर्याल निर्णय गर्न सक्ने र काम गर्ने प्रशासक प्रष्ट प्रोफेसनल कर्मचारी हुन्, जसको आगमनसँगै सार्वजनिक प्रशासनमा सुधारको अपेक्षा गरिएको छ । २०४६ सालमा नायव सुब्बाका रूपमा सरकारी सेवामा प्रवेश गरेका अर्यालले ३५ वर्षभन्दा बढीको सेवामा जिल्ला प्रशासन, विभिन्न मन्त्रालय र स्थानीय तहमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।सम्बन्धित समाचार सुधारका पर्याय अर्याल नायब सुब्बाबाट मुख्य सचिवसम्म
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई बधाई दिँदै सुधारका लागि विभिन्न सुझाव दिएका छन् । फेसबुकमार्फत बधाई सन्देश दिँदै, ओलीले नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न र सुशासन कायम गर्न निजामती प्रशासनलाई चुस्त बनाउने आवश्यकता औँल्याएका छन् ।
उनले सरकारी निकायका अधिकारीहरूलाई जबाफदेही बनाउँदै जनगुनासो तत्काल समाधान गर्न सार्वजनिक सुनुवाइको व्यवस्था गर्न सुझाएका छन् भने सवारी चालक अनुमति पत्र, अस्पताल सेवा, नागरिकता, र पासपोर्ट सेवाहरूमा सुधारको आवश्यकता रहेको र विकास निर्माणमा ढिलाइलाई सम्बोधन गर्न पनि जोड दिएका छन् । यी सुधारहरू गर्न मुख्य सचिव अर्यालका लागि जति ठुला चुनौती छन्, त्यो भन्दा बढी अवसर पनि छ । सम्बन्धित समाचार स् प्रधानमन्त्री ओलीद्वारा नव नियुक्त मुख्य सचिव अर्याललाई सुधारका लागि सुझाव सहित बधाई
गृह मन्त्री रमेश लेखकले गृह सचिव अर्याललाई मुख्य सचिवमा पदोन्नति भएकोमा खुसी व्यक्त गर्दै, यो गृह प्रशासनको लागि सुखद विजय भएको बताएका छन् । उनले अर्याललाई योग्य, दक्ष, र परिपक्व प्रशासकको रूपमा स्वागत गर्दै, उनको नेतृत्वमा निजामती प्रशासनले उत्कृष्ट प्रगति गर्ने विश्वाससमेत व्यक्त गरेका छन्, साथै अर्यालको नेतृत्वले सार्वजनिक प्रशासनले उत्कृष्ट प्रगति गर्नेसमेत अपेक्षा गरेका छन् ।
सम्बन्धित समाचार योग्यता, दक्षता र परिपक्वता भएका प्रशासक मुख्य सचिवमा नियुक्त -गृह मन्त्री लेखक
उपसचिव, सहसचिव, र सचिव हुँदै प्रमुख सचिव बनेका अर्यालले प्रशासन सुधारमा उल्लेखनीय योगदान गरेका छन्। २०७२ को गोरखा भूकम्पका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएर उत्कृष्ट विपद् व्यवस्थापनदेखि कोलकातामा महावाणिज्यदूत हुँदा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको सुरुवात र काठमाडौँ महानगरपालिकामा अनलाइन राजस्व सङ्कलन तथा नक्सा पास प्रणालीको विकास उनका महत्त्वपूर्ण उपलब्धि हुन्।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा उनले स्थानीय तहको स्व(मूल्याङ्कन प्रणाली र कर्मचारी सरुवा मापदण्डको विकास गरेका अर्यालले श्रम, रोजगार, र सामाजिक सुरक्षा मन्त्रालयमा उनले वैदेशिक रोजगार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै श्रम स्वीकृति प्रक्रियामा सुधार ल्याए।
गृह मन्त्रालयको सचिवका रूपमा अर्यालले अध्यागमन सेवा सुधार गर्दै प्रविधिमैत्री र पारदर्शी बनाउन योजना तयार मात्रै गरेनन्, त्रिभुवन विमानस्थलमा सेवाग्राहीको सुविधा बढाउन विभिन्न सुधारात्मक कदमहरू उठाए। कारागार सुधार, नागरिकता सिफारिस प्रणाली, र सरकारी सम्पत्तिको संरक्षणमाका साथै, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उनले क्राइम एक्सन प्लानको कार्यान्वयन सुरु गरे ।राजनीतिक अस्थिरतासँगै कमजोर हुँदै गएको कर्मचारी यन्त्रलाई सबल र सुदृढ बनाउँदै आम नागरिकको नजरमा भरोसायोग्य बनाउन सक्ने अवसर अर्यालको काँधमा थपिएको छ । जसलाई उनले सहजै पार लगाउने अपेक्षा कर्मचारी वृत्तको छ ।