काठमाडौं । ऊर्जा मन्त्रालय पुग्दा सचिव दिनेशकुमार घिमिरेलाई आफ्नो कामको धपेडी थियो । उनी आफू मातहतका कर्मचारीसँगको मिटिङमा व्यस्त थिए । बाहिरबाट आउने सेवाग्राहीको चाँप पनि उस्तै थियो । ऊर्जामन्त्री कार्यालय भन्दा बाहिर रहेकाले उनलाई नै ज्ञापन पत्र बुझाउने भन्नेहरूको लाइन पनि उस्तै । सबैसँग हँसिलो व्यवहारका साथ पालैपालो सेवा दिइरहेका भेटिए उनी ।
वि.सं. २०२३ सालमा संखुवासभा जिल्लाको खाँदवारिमा जन्मिएका घिमिरे कक्षा १० सम्म खाँदवारिकै विद्यालयमा अध्ययन गरेका थिए । शिक्षित परिवार भएकाले घिमिरेलाई पढाइमा कुनै अवरोध थिएन । बुबा फडीन्द्रनाथ घिमिरे शिक्षक भएकाले उनले घरबाट राम्रो पढ्ने वातावरण पाएका थिए । हुन त सङ्खुवासभाको दुर्गम गाउँ । पहाडको सीमित स्रोतसाधनले परिवार पाल्नुपर्ने ठुलो चुनौती उनका बुबालाई थियो ।
०७२ सालमा ऊर्जा संकट कार्य योजना दस्ताबेज बनाउँदा सचिव घिमिरे नै संयोजक थिए । समितिले ऊर्जा क्षेत्रमा भएका समस्या पहिचान गरेर समाधान गर्न उपाय सहितको कार्य योजना बनाएको थियो । जसले गर्दा त्यही बेलादेखि देशमा लोडसेडिङ हट्यो ।
उनी १० जनाको संयुक्त परिवारमा जन्मिएका थिए । बाबुलाई परिवार पाल्न सकस थियो । त्यति हुँदाहुँदै पनि उनका बुबा जिम्मेवारीबाट कहिले टाढा भागेनन् । न त छोराछोरीको इच्छा मर्न दिए । नेपाली उखान नै छ । ‘हुने बिरुवाको चिल्लो पात’ त्यस्तै थिए उनका परिवार र उनी पनि ।
घिमिरेले २०३९ सालमा एसएलसी उत्तीर्ण गरे र प्लस टु विज्ञान विषय लिएर पढे । पढाइमा अब्बल घिमिरे त्यो बेलाको समयमा गाउँमै उत्कृष्ट र जेहेन्दार विद्यार्थीमा गनिन्थे । त्यसकारण उनका बुबाले जस्तोसुकै अवस्था आएपनि उनको पढाइ राेक्न दिएनन् । बरु अझ राम्रो गर भनेर हौसला दिइरहे ।
आईएसी छात्रवृत्ति पाएर अध्ययन गरेका उनले छात्रवृत्ति नपाएको भए पढ्नबाट वञ्चित हुने बताउँछन् । विगत सम्झिँदै भावुक बने उनी, '२०४४ सालमा आईएसी पढिसक्दा भारतमा इन्जिनियरिङ पढ्ने छात्रवृत्ति पाएको थिए । तर त्यहाँ जान चाहिने रकम हाम्रो परिवारसँग थिएन । तर मेरो बुवाले हिम्मत हार्नु भएन । मलाई ऋण गरेर भएपनि पढाउँछु भन्ने आँट गर्नुभयो ।'
त्यो बेला गाउँमा ऋण पाउन पनि कठिन थियो । तर दिनेशका बुबाले यताउता गरेर व्यवस्थापन गरे । 'कोलम्बो प्लान्टमा स्कलरसिप पाएपछि भारतबाटै ब्याचलर अफ इन्जिनियरिङ गरे', उनले भने ।
भारतबाट पढेर नेपाल आएपछि विभिन्न जिल्लाहरूमा उनले काम गरे । दाइहरू पनि त्यो बेला सरकारी सेवामा भएको हुनाले उनलाई केही गर्ने उत्प्रेरणा हुँदै गयो । २०५२ सालमा इन्जिनियरिङ पेसाबाट सरकारी सेवामा प्रवेश गरेका उनले सुरुमा धरानस्थित चतराको सिँचाई प्रोजेक्टबाट सेवा प्रवेश गरेका थिए । इन्जिनियर भएर ८ वर्ष काम गरेपछि केन्द्रमा आएर काम गरेको उनी बताउँछन् । उनी भन्छन्, 'सुरुमा त फिल्डको अनुभव लिनुपर्यो नि ।'
त्यसपछि उनको उपसचिवमा बढुवा भयो । सहसचिवमा भने उनले ०६६ सालमा परीक्षा दिएर नाम निकाले । त्यसपछि उनी विद्युत् विकास विभागमा काम गर्न थाले । केही समयपछि विद्युत् विकास विभागको उपमहानिर्देशक भएका उनले सोही कार्यालयमा महानिर्देशक भएर पनि काम गरेका छन् ।
छोटो समयमा नै धेरै बढुवा भएका उनले २०७२ सालमा नै सचिवमा बढुवाका लागि सिफारिस भएका थिए । कार्यसम्पादन र अनुभव राम्रो भएकाले आफू चाँडो सिफारिस भएको उनको भनाई छ । तर ८/९ वर्ष जागिर गर्न बाँकी रहेकाले उनको बढुवा रोकियो ।
सिस्टम बुझेर आफ्नो प्राथमिकता क्षेत्र पत्ता लगाएर अगाडि बढ्न सके निजामती कर्मचारी क्षेत्रमा लामो बाटो हिँड्न सकिने उनको तर्क छ ।
कानुनमा पाँच वर्ष मात्र सचिव हुन पाउने संवैधानिक व्यवस्था छ । चौथो पटकको सिफारिसमा मात्र उनी ऊर्जा मन्त्रालयको सचिवमा बढुवा भएका थिए । अब २०८० को पुसमा उनको कार्यावधी सकिँदै छ । उनी भन्छन्, 'चारपल्ट सिफारिस भएर पनि म ब्याक भए । कतिसम्म अन्याय भएको छ होला मलाई । नरोकिएको भए यतिखेर म मुख्यसचिव भइसक्ने थिए ।'
यसरी गर्नुस् लोकसेवा तयारी
सचिव घिमिरे लोकसेवा आयोग पढ्ने मान्छे धैर्यवान् र निर्णयमा पक्का हुनुपर्ने बताउँछन् । पछिल्लो समय युवा लोकसेवा भनेर मारिहत्ते गर्छन् तर आफू मोटिभेटिभ नभएको हुनाले समस्या आएको उनको भनाइ छ । युवालाई लोकसेवा पढेर जागिर नखाए आफ्नो परिवार असफल हुने । कर र दबाब परिवारले नै दिइरहेकाले यसले समस्या निम्त्याएको उनको बुझाई छ ।
कुनैपनि व्यक्तिले आफूलाई के कुरामा अपनत्व गर्छ त्यसलाई नै प्रमुख प्राथमिकता मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । वर्तमान अवस्थामा अन्य क्षेत्रमा पनि ज्यादै अवसरहरू रहेकाले लोकसेवा आयोग पढेर सरकारी जागिरे भएर मात्र गरिखाइन्छ र सफल होइन्छ भन्ने भ्रम त्याग्नुपर्ने उनको मान्यता छ । लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश गर्नुपर्छ भन्ने कुराबाट गाइड भएको र मोटिभेटिभ भएको छ भने सफलताको क्षेत्र अन्य पनि हुन सक्ने सचिव घिमिरे बताउँछन् ।
जो युवा पिँढी राष्ट्रनिर्माण क्षेत्रबाट अभिप्रेरित छ । सरकारी सेवामार्फत देशको सेवामा लाग्ने अठोट राख्दछ त्यो व्यक्ति नै धैर्य हुनुपर्ने उनको मान्यता छ । राष्ट्र निर्माणमा लाग्न चाहने मानिसहरूको लागि सरकार र राज्यले पनि उत्प्रेरित गरेर सेवामा राख्नुपर्ने उनको भनाइ छ ।
यस्ता छन् घिमिरेका लोकसेवा सम्बन्धी चार टिप्सः
पहिलो : राष्ट्रप्रेम र राष्ट्रप्रतिको सेवा भावबाट प्रेरित हुनुपर्छ । म यो क्षेत्रबाट सरकारलाई सहयोग गर्छु भन्ने कुराबाट अभिप्रेरित भएको हुनुपर्छ । राज्यको हैसियतअनुसार मलाई जे जति दिन सक्छ म त्यसप्रति खुसी हुन्छु भन्ने भावना हुनुपर्छ ।
दोस्रो : देशले दिन खोजेको उद्देश्य देशले लिन खोजेको दिशा, यसमा भएका व्यवस्था, राज्यले आफू त्यहाँ गएपछि दिने सुविधा, राज्यका लक्ष्यहरू छन् । संविधानले राज्यका नीतिहरू के-के अवलम्बन गरेको छ । र आफूले राज्यका सेवाहरूप्रति फेमेलियर भएर अध्ययनमूलक काममा रुचि जगाउनुपर्छ र बुझ्नुपर्छ ।
तेस्रो : माथिका दुई वटा कुरा बुझ्दै उसले लोकसेवाको तयारी पनि गर्नुपर्ने उनको मान्यता छ । राज्यको विभिन्न अंगको बारेमा ज्ञान मन्त्रालयका काम र कर्तव्यको बारेमा जानकारी राख्नुपर्छ र आफ्नो प्राथमिकताका बारेमा पनि दखल राख्नुपर्छ । आफ्नो प्राथमिकताको क्षेत्रमा सेवा गर्न आफूलाई चाहिने सामाग्री संकलनमा राख्नुपर्छ ।
चौथो : आफूलाई सेवा भावना तयार गरिसकेपछि पाठ्यक्रम र तयारीका बारेमा लगाव बढाउनुपर्छ । यसको महत्त्वपूर्ण स्टेप भनेको धैर्यवान् र मोटिभेटिभ र निरन्तरता हुनुपर्छ । धेरैले लोकसेवामा एक पटक परीक्षा लेख्ने र नाम ननिस्किएपछि फ्रस्टेशन हुने भएको भन्दै । असफल कुराहरूबाट नै सफलताको बाटो देखाउने कुरामा जोड उनी दिन्छन् । निरन्तर प्रयास गरे सफलताको ढोका खुल्ने उनको भनाइ छ ।
निबन्ध लेखेजस्तो होइन लोकसेवा
धेरै पढेपछि धेरै कुरा मनमा आउने भएकाले छोटोमा कलात्मक ढंगबाट उत्तर दिनुपर्नेमा उनको जोड छ । लोकसेवाको प्रश्नको उत्तर दिँदा मनका सबै कुरा पोख्ने समय नहुने भएकाले कुनै निर्धारित समयमा प्रश्न कसरी पस्कने भन्ने कुरामा जोड दिनुपर्छ ।
उनी भन्छन्, 'कोर कन्टेनरको उत्तर दिन धेरै किताबहरू पढेर आफूलाई अभ्यस्त बनाउनुपर्छ । कहिलेकाहीँ जानिराख्दा पनि लोकसेवामा फेल हुने भएकाले पुराना प्रश्न पत्रको उत्तर लेख्दै आफ्नो परीक्षा आफैँ पनि लिनुपर्छ । सुरुमा आफू टेस्ट चाहिँ हुनुपर्छ ।'
उनी निबन्ध लेखेजस्तो लोकसेवा नहुने भएकाले प्रश्नको भाव अनुसार बुलेटवाइज उत्तर दिनुपर्ने बानी राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'पछिल्लो समय 'आर्ट अफ राइटिङ' नजानेर पनि लोकसेवामा मानिसहरू फेल भइराखेका छन् ।' कला र तरिकामा अभ्यस्त हुनुपर्ने उनको मान्यता छ ।
कर्मचारी व्यवस्थापनमा के छन् चुनौती ?
सरकारी सेवा भनेको सेवा प्रदायक संस्था भएकाले सरकारी सेवामा सबैखाले कामहरू गर्नुपर्ने सचिव घिमिरे बताउँछन् । सिमित स्रोतसाधन र जनशक्ति हुने भएकाले एउटा कर्मचारीले विभिन्न सेवामा आफूलाई सम्मिलित गराउनुपर्ने उनको भनाई छ । यसका लागि पनि कर्मचारी तयार हुनुपर्ने उनको मान्यता छ ।
पढाइमा अब्बल घिमिरे त्यो बेलाको समयमा गाउँमै उत्कृष्ट र जेहेन्दार विद्यार्थीमा गनिन्थे । त्यसकारण उनका बुबाले जस्तोसुकै अवस्था आएपनि उनको पढाइ राेक्न दिएनन् । बरु अझ राम्रो गर भनेर हौसला दिइरहे ।
उनले भने, 'सरकारी सेवामा म कोर इन्जिनियर हुँ । मैले इन्जिनियरसँग सम्बोधित मात्र काम गर्नुपर्छ । म प्रशासकीय अधिकृत हुँ मैले योसँग सम्बन्धित मात्र काम गर्नुपर्छ भन्ने मानसिकता राख्नेले लोकसेवा नै दिन हुँदैन ।'
सिस्टम बुझेर आफ्नो प्राथमिकता क्षेत्र पत्ता लगाएर अगाडि बढ्न सके निजामती कर्मचारी क्षेत्रमा लामो बाटो हिँड्न सकिने उनको तर्क छ । भन्छन्, 'सके निःस्वार्थ सेवा सरकारलाई गर्नुपर्छ भनेर भावना बोकेको मान्छे यो क्षेत्रमा आउनुपर्छ । दोधारे भएर काम छैन ।'
उनी विशेष परिस्थितमा सरकारले अह्राएको काम गर्न कर्मचारी तयार नभए कर्मचारीले चुनौती पार गर्न नसक्ने बताउँछन् । 'निष्कलङ्क, निस्दाग रुपमा कुनैपनि आफ्नो स्वार्थ नराखी हँसिलो भएर सेवा दिन तत्पर हुनु आजको आवश्यकता हो । मेरो भगवान् र देउता मेरो देश र पब्लिक हो भनेर कर्मचारीले सोच्नुपर्छ । अतिरिक्त चाहाना राख्नु हुँदैन ।'
आफू कुनै पनि सोर्स फोर्स नभएको मान्छेको काम छिटो गरिदिने बताउँदै दूर दराजको मान्छे आफ्नो पहिलो प्राथमिकतामा रहने घिमिरे बताउँछन् । 'कहिलेकाहीँ म फलाना मन्त्रीको मान्छे, म यस्तो मान्छेको आफन्त भन्दै आउनुहुन्छ । म उहाँहरूलाई यसरी आउनुभयो भने काम ढिलो हुन्छ भनिदिन्छु', सचिव घिमिरे भन्छन्, 'मेरा लागि सबै समान हुन् । कसैको सेवा ग्रहण गर्ने संवैधानिक र नैसर्गिक अधिकार हामीले खोसिदिनु हुँदैन । यो सोच सबैमा आउनुपर्छ ।'
यो प्रणाली र सिस्टममा पनि सुधार गर्नुपर्ने कुरा उनी बताउँछन् । राजनीतिक पहुँचको आधारमा कर्मचारीले जनतालाई सेवाबाट अलग गर्नु नहुने घिमिरेको मान्यता छ ।
सचिव घिमिरे लोकसेवा आयोग पढ्ने मान्छे धैर्यवान् र निर्णयमा पक्का हुनुपर्ने बताउँछन् । पछिल्लो समय युवा लोकसेवा भनेर मारिहत्ते गर्छन् तर आफू मोटिभेटिभ नभएको हुनाले समस्या आएको उनको भनाइ छ ।
राज्य संयन्त्रमा कहिलेकाहीँ सिस्टममा समस्या तथा चुनौती पनि हुन सक्ने र गर्न चाहेको कुरालाई पनि कानुनले रोक्ने भएकाले कानुनमा पनि सुधार गर्नुपर्ने उनी बताउँछन् । कहिलेकाहीँ नीति निर्माणका कुराहरूमा सरकारलाई पनि सुझाव दिनुपर्ने बताउँदै कर्मचारी खोट मात्र देखाउने नभएर सिस्टम सुधारमा पनि लाग्नुपर्ने उनको भनाई छ । समस्याको पहिचान गरेर समाधान दिन सक्ने कर्मचारीलाई राज्यले पनि सम्मान गर्ने उनको मान्यता छ ।
पछिल्लो समय कर्मचारी क्षेत्रमा सेवाका क्षेत्रहरू बढ्दै भएका छन् । रिसोर्स म्यानेजमेन्ट गर्न जनशक्तिको परिचालन पनि गर्नुपर्ने हुन्छ । एउटा व्यक्तिलाई धेरै कार्यभार दिँदा जति काम धेरै भयो उति नै कर्मचारीलाई मोटिभेटिभ हुनाले क्षमताले भ्याएसम्म कर्मचारीले धेरै काम गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्, 'कर्मचारी व्यवस्थापनमा राज्यका स्रोत र साधनले नभ्याउने अवस्था आएमा एउटै कर्मचारीले धेरै जिम्मेवारी बहन गर्न सक्छ । यसले स्वयम आफूलाई पनि फाइदा गर्छ । "मल्टी टास्किङ"मा जानुपर्छ ।'
राज्यले कुन व्यक्तिको के कुरामा विज्ञता छ त्यसको पहिचान गर्नुपर्ने उनको भनाई छ । आफ्नो क्षमता अनुसारको काम भएमा मान्छेले काममा रमाउन पाउने उनी बताउँछन् । भन्छन्, 'हामी सबै प्रशासक पनि यो विषयमा चनाखो हुनुपर्छ ।'
राज्यको स्रोत र साधनले भ्याए जति कर्मचारीलाई तलब भत्ता दिएको बताउँदै घिमिरेले कर्मचारीले दत्त चित भएर काममा फोकस हुनुपर्ने बताउँछन् ।
त्यसपछि लोडसेडिङको अन्त्य भयो
भारत र बंगलादेशसँगको विद्युत् व्यापारको कुरा कार्यान्वयन गर्ने कुरामा आफ्नो सुरु देखिनै योगदान भएको सचिव घिमिरेको भनाइ छ । भारतलाई नेपालसँगको विद्युत् व्यापारमा संलग्न गराउने वार्तामा पनि आफ्नो योगदान रहेको उनी बताउँछन् । भन्छन्, 'भारतलाई नेपालबाट विद्युत् किनाउनका लागि हामीले धेरै पहल गरेका थियौँ । आफ्नो ध्यान जहिलेपनि आन्तरिक खपत बढाउने क्षेत्रमा गयो ।
विद्युत् विकासको डिजी हुँदादेखि नै सरकारले बनाएको विद्युत् विकास योजनालाई प्राथमिकतामा राखेर निजी क्षेत्रलाई उत्साहित गर्ने । निजी क्षेत्रलाई विद्युत् विकासमा संलग्न गराउने, कानुन ल्याउने र कार्य नयन गराउने कुरा मेरो प्राथमिकतामा रह्यो । त्यसको नजिता स्वरूप निजी क्षेत्रको योगदान राज्यमा राज्य नियन्त्रित निकायभन्दा धेरै भएको छ ।'
वैदेशिक र स्वदेशी रुपमा निजी क्षेत्रलाई विद्युत् विकासमा उत्साहित बनाएको उनको भनाइ छ । ०७२ सालमा ऊर्जा संकट कार्य योजना दस्ताबेज बनाउँदा सचिव घिमिरे नै संयोजक थिए । समितिले ऊर्जा क्षेत्रमा भएका समस्या पहिचान गरेर समाधान गर्न उपाय सहितको कार्य योजना बनाएको थियो । जसले गर्दा त्यही बेलादेखि देशमा लोडसेडिङ हट्यो ।
कानुनमा पाँच वर्ष मात्र सचिव हुन पाउने संवैधानिक व्यवस्था छ । चौथो पटकको सिफारिसमा मात्र उनी ऊर्जा मन्त्रालयको सचिवमा बढुवा भएका थिए । अब २०८० को पुसमा उनको कार्यावधी सकिँदै छ ।
उनी भन्छन्, 'त्यो कुरामा म गर्व गर्छु त्यो बेला ऊर्जा संकट कार्य योजन बनेको थिएन भने देश आज यो अवस्थामा हुन्थेन । हामीले भारतबाट त्यतिखेर आयात गरेको विद्युत् काठमाडौँसम्म कसरी ल्याउने भन्ने कुरामा खिम्ती ढल्केबर ट्रान्समिसन लाइन सम्पन्न गरेर भक्तपुर हुँदै पावर ल्याउने कुराहरूमा एउटा मुख्य कार्य योजन बनेर लोडसेडिङ अन्त्य भएको थियो । त्यो नीति कार्यान्वयन गराउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङहरूले राम्रोसँग काम गर्नु भएको थियो । यो मैले सधैँ सम्झिरहने कुरा हो ।'